फुटबलमा राष्ट्रसेवक टोली विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
३६ पटक हेरिएको
Shares
फुटबलमा राष्ट्रसेवक टोली विजयी

सारांश

  • चौथो संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा राष्ट्रसेवक टोली विजयी भएको छ ।
  • आज दिउँसो ३ः०० बजे एसओएस सुर्खेतको मैदानमा सञ्चालन भएको जनप्रतिनिधि र राष्ट्रसेवकबीचको खेलमा राष्ट्रसेवक टोली विजयी भएको हो ।
  • जनप्रतिनिधिहरुको नेतृत्व गर्नुभएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेतृत्वको टोलीलाई राष्ट्रसेवकहरुको नेतृत्व गर्नुभएका प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीको टोली ३–७ गोल हानेर विजयी भएको थियो ।

चौथो संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा राष्ट्रसेवक टोली विजयी भएको छ ।आज दिउँसो ३ः०० बजे एसओएस सुर्खेतको मैदानमा सञ्चालन भएको जनप्रतिनिधि र राष्ट्रसेवकबीचको खेलमा राष्ट्रसेवक टोली विजयी भएको हो । जनप्रतिनिधिहरुको नेतृत्व गर्नुभएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेतृत्वको टोलीलाई राष्ट्रसेवकहरुको नेतृत्व गर्नुभएका प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीको टोली ३–७ गोल हानेर विजयी भएको थियो ।

जनप्रतिनिधि टोली भने ३ गोलमै सीमित भएको थियो । त्यसैबीच, कुर्ची दौड प्रतियोगिता पनि सम्पन्न गरिएको थियो । संविधान दिवसको अवसरमा कर्णालीका ७९ स्थानीय तहमा पनि घैँटोफोड, रस्सी तानातान, कपर्दी, भलिबल, बाघचाल, बुद्धिचाल, ब्याडमिन्टनजस्ता विभिन्न खेल आयोजना गरेर खुशी मनाइएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताउनुभयो ।

“दिवसको पूर्वसन्ध्यामा आज प्रदेशभरि हरेकको घरआँगनमा दिपावली गरिएको छ”, मन्त्री केसीले भन्नुभयो, “यसले नेपाली जनताको त्याग, साहस र बलिदानको उपलब्धिस्वरुप प्राप्त भएको नेपालको संविधान २०७२, को महत्व र खुशीलाई दर्शाएको छ ।” भोलि बिहान ७ः०० बजे प्रदेशभरि एकैचोटी सांस्कृतिक झाँकीसहित ¥याली गर्नुका साथै विविध कार्यक्रम गरेर संविधान दिवस भव्यताका साथ मनाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालमा गाेली चल्याे, डाक्टर सहित ४ जनाकाे मृत्यु
अस्पतालमा गाेली चल्याे, डाक्टर सहित ४ जनाकाे मृत्यु
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?
निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?
“मतदाता, उम्मेदवार र चुनावमा खटिने सबै कर्मचारीको सुरक्षा गर्ने दायित्व सुरक्षा निकायको हो”-यादव ।
“मतदाता, उम्मेदवार र चुनावमा खटिने सबै कर्मचारीको सुरक्षा गर्ने दायित्व सुरक्षा निकायको हो”-यादव ।
जबर्जस्ती करणीका आरोपित फरार व्यक्ति पक्राउ
जबर्जस्ती करणीका आरोपित फरार व्यक्ति पक्राउ
सत्तापक्ष र विपक्ष तीन विद्यार्थी संगठनको यस्तो आयो संघर्षका कार्यक्रम
सत्तापक्ष र विपक्ष तीन विद्यार्थी संगठनको यस्तो आयो संघर्षका कार्यक्रम
छोरीको हत्या आरोपमा पक्राउ
छोरीको हत्या आरोपमा पक्राउ
४० वर्षपछि धावनमार्ग कालोपत्रे गर्न सुरु, विमानस्थल १० घन्टा बन्द हुने
४० वर्षपछि धावनमार्ग कालोपत्रे गर्न सुरु, विमानस्थल १० घन्टा बन्द हुने
३१३ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीले कहाँ जिते ? (सूचिसहित)
३१३ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीले कहाँ जिते ? (सूचिसहित)
चिनियाँ राष्ट्रपति सी जिनपिङको एकमात्र छोरी, जो आफैमा यति क्षमतावान छिन्
चिनियाँ राष्ट्रपति सी जिनपिङको एकमात्र छोरी, जो आफैमा यति क्षमतावान छिन्