यस्तो सुविधा अायो स्मार्टफाेनमा
सारांश
- अाधुनिक समयमा अहिले स्मार्टफोन तथा एन्ड्रोइड मोबाइलकाे उत्पादनको क्षेत्रमा यस्तो नयाँ प्रविधि भित्रिएको छ ।
- अहिलेसम्म स्मार्टफोनको मुनी वा पछाडिपट्टी फिंगरप्रिन्ट स्क्यानर राखिएका थिए भने अब चाहि मोबाइल स्क्रिनमै यस्तो फिंगरप्रिन्ट हुने भएको छ ।
- चिनियाँ कम्पनी भिभोले विश्वकै पहिलो स्क्रीनमै फिंगरप्रिन्ट भएको मोबाइल सार्वजनिक गरेको छ ।
अाधुनिक समयमा अहिले स्मार्टफोन तथा एन्ड्रोइड मोबाइलकाे उत्पादनको क्षेत्रमा यस्तो नयाँ प्रविधि भित्रिएको छ । अहिलेसम्म स्मार्टफोनको मुनी वा पछाडिपट्टी फिंगरप्रिन्ट स्क्यानर राखिएका थिए भने अब चाहि मोबाइल स्क्रिनमै यस्तो फिंगरप्रिन्ट हुने भएको छ ।चिनियाँ कम्पनी भिभोले विश्वकै पहिलो स्क्रीनमै फिंगरप्रिन्ट भएको मोबाइल सार्वजनिक गरेको छ ।
वन प्लस कम्पनीको अब आउने स्मार्टफोनमा स्क्रीनमै फिंगरप्रिन्ट हुने चर्चा चलिरहँदा चीनकै कम्पनी भिभोले अमेरिकामा चलिरहेको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीइएस) मा डिस्प्लेमुनी फिंगरप्रिन्टले काम गर्ने पहिलो स्मार्टफोन सार्वजनिक गरेको हो ।
‘भिभो एस २० प्लस’ नामले सार्वजनिक गरिएको यो फोनले आइफोन र सामसुङजस्ता अग्रणी टेक कम्पनीलाई पनि पछि पारेको छ । यस्तो प्रविधि यसअघि आइफोन एक्स र सामसुङ एस एटमा पनि उपलब्ध हुने चर्चा थियो । हाल बजारमा आएका यी दुवैमा यो प्रविधि छैन ।
कम्पनीले यथासक्य छिटो बजारमा ल्याउने बताएको यो स्मार्टफोनसँगै भीभोको चर्चा पनि चुलिएको छ । कम्पनीले छिट्टै यो स्मार्टफोन बजारमा ल्याउने अनुमान गरिएको छ । यसअघि नै डिसेम्बर २०१७ मा विश्वको पहिलो डिस्प्लेको मुनि फिंगरप्रिन्ट स्क्यानर भएको स्मार्टफोन आउने बताइएको थियो ।
भीभो एक्स २० प्लस यूडीमा ६.४३ इन्चको फूल स्क्रीन हुनेछ भने फोनमा स्न्यापड्रागन ६६० चीपसेट रहेको छ । अगाडि र पछाडि १२-१२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा र फास्ट चार्जिङ सपोर्टलगाएतका विशेषता फोनमा छन् । भिभोले विभिन्न रेन्जका स्मार्टफोनहरु विश्व बजारमा ल्याइसकेको छ ।
प्रतिक्रिया