सिन्धुलीमा कार दुर्घटना : मृतक भारतीय नागरिकको पहिचान खुल्याे

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
३९ पटक हेरिएको
Shares
सिन्धुलीमा कार दुर्घटना : मृतक भारतीय नागरिकको पहिचान खुल्याे

सारांश

  • सिन्धुली ।
  • सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ ।
  • मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन् ।

सिन्धुली । सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ ।

मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन् । कारमा सवार पाँचमध्ये एकजना घाइते भएका छन् ।दुर्घटनामा घाइते ४७ वर्षीय धर्मेन्द्रकुमार सोनीलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ३२ वर्षीय अभिषेक ठाकुरको सिन्धुली अस्पतालमा मृत्यु भएको छ । राति १२ः३० बजेको समयमा भएको दुर्घटनामा घाइते दुई जनालाई उद्धार गरी आज बिहान उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा ठाकुरको सोही अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए ।

उक्त दुर्घटनामा अरु तीन जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक सिलवालको भनाइ थियो । मृत्यु हुनेमा ४२ वर्षीय राकेशकुमार सिं, ३६ वर्षीय मनु सिं र ३२ गवर सिं रहेका छन् । सिन्धुली हुँदै काठमाडौँतर्फ जाँदै गरेको विआर ०६ डिडि ०६८७ नंम्बरको भारतीय कार अनियन्त्रित भएर बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका– ३ सिन्धुलीगढी नजिकै दुर्घटना भएको थियो । कार सडकबाट ५०० फिट तल खसेको थियो । अहिले शव घटनास्थलबाट सडकमा निकालेर शवबहानबाट सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शव घटनास्थलबाट निकालेको थियो । दुर्घटना भीरमा भएका कारण उद्धार टोलीले कठिन तरिकाले शव निकालेको प्रहरी उपरीक्षक सिलवालले बताए । भीरमा भएको दुर्घटनामा उद्धार गर्न गएका केही प्रहरीसमेत भीरबाट खसेको ढुङ्गाले लाग्दा सामान्य घाइते भएका थिए । कारमा सवार व्यक्ति धार्मिक यात्राका लागि नेपाल आएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको एक वडामा कांग्रेसले खोल्यो खाता
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती- राष्ट्रसंघ महासचिव
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती- राष्ट्रसंघ महासचिव
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
फागुन ५ गते सोमबारको राशिफल यस्तो छ
फागुन ५ गते सोमबारको राशिफल यस्तो छ
बागलुङ नगरपालिकाका ६  सामुदायिक विद्यालय समायोजन
बागलुङ नगरपालिकाका ६  सामुदायिक विद्यालय समायोजन
ला लिगामा रियल भालाडोलिडको जित
ला लिगामा रियल भालाडोलिडको जित
आज विश्व पक्षाघात दिवस मनाइँदै
आज विश्व पक्षाघात दिवस मनाइँदै
यसकारण बन्द भए भद्रगोल,जिरे खुर्सानी र  मेरी बास्सै
यसकारण बन्द भए भद्रगोल,जिरे खुर्सानी र मेरी बास्सै