काउन्सिलद्वारा १६ युट्युब च्यानललाई कारबाहीको सिफारिस, २२ अनलाइनलाई सचेत

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
३५ पटक हेरिएको
Shares
काउन्सिलद्वारा १६ युट्युब च्यानललाई कारबाहीको सिफारिस, २२ अनलाइनलाई सचेत

सारांश

  • प्रेस काउन्सिल नेपालले नाबालिक गायिका बलात्कारको आरोपमा थुनामा रहेको पल शाह र गायिकाको विषयमा पत्रकार अचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराएको छ ।
  • वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरि नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भएको भन्दै काउन्सिलले २२ अनलाइनलाई सचेत गराएको हो ।
  • यस्तै, दर्ता र सूचीकरण नभएका १० वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलले एक विज्ञप्ति मार्फत जनाएको छ ।

प्रेस काउन्सिल नेपालले नाबालिक गायिका बलात्कारको आरोपमा थुनामा रहेको पल शाह र गायिकाको विषयमा पत्रकार अचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराएको छ ।

वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरि नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भएको भन्दै काउन्सिलले २२ अनलाइनलाई सचेत गराएको हो ।

यस्तै, दर्ता र सूचीकरण नभएका १० वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलले एक विज्ञप्ति मार्फत जनाएको छ । कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरिएको छ ।

विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष–विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लङ्घन भएको वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘अदालतमा विचाराधीन रहेका यस्ता मुद्दाको न्यायिक छानबिनलाई प्रभाव पर्ने किसिमबाट सामग्री सम्प्रेषण नगर्न÷नगराउन काउन्सिलले सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तालाई अपिलसमेत गरेका छौं’– काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भन्नुभयो ।

यसैबीच अनलाइन टिभी, सामाजिक सञ्जाल (विशेषगरी युट्युब च्यानल)हरूमा सम्प्रेषित सामग्रीबारे काउन्सिलमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि कार्यदलसमेत गठन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असारे गीतसँगै रैथाने धान पनि लोप हुँदै (वासुदेव पौडेल)
असारे गीतसँगै रैथाने धान पनि लोप हुँदै (वासुदेव पौडेल)
प्रतिनिधिसभामा तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
प्रतिनिधिसभामा तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना हुन्छः प्रचण्ड
समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना हुन्छः प्रचण्ड
दुना-टपरी बनाएर मासिक २० हजार आम्दानी गर्छिन् दिलकुमारी
दुना-टपरी बनाएर मासिक २० हजार आम्दानी गर्छिन् दिलकुमारी
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
कसले बनायो प्रधानमन्त्री ओलीलाई आश्चर्यचकित !
कसले बनायो प्रधानमन्त्री ओलीलाई आश्चर्यचकित !
आफ्नो करियरको अन्तिम विश्व कपमा निराशाजनक खेल खेल्ने यी क्रिकेटर
आफ्नो करियरको अन्तिम विश्व कपमा निराशाजनक खेल खेल्ने यी क्रिकेटर
सरकारका सय दिनमा कांग्रेसले देखायो दर्जन टिप्पणी
सरकारका सय दिनमा कांग्रेसले देखायो दर्जन टिप्पणी
प्रदीप ज्ञवालीलाई अंकमाल गर्दै प्रतिद्वन्द्वीले दिए शुभकामना
एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार
एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार