यी हुन मंगलबार मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
३५ पटक हेरिएको
Shares
यी हुन मंगलबार मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू!

सारांश

  • काठमाडाै, १ जेठ ।
  • सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम जेष्ठ ७ गते सार्वजनिक गर्ने भएको छ।
  • मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवटारमा बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको हो।

काठमाडाै, १ जेठ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम जेष्ठ ७ गते सार्वजनिक गर्ने भएको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवटारमा बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको हो।

नीति तथा कार्यक्रम सम्बोधनमार्फत सार्वजनिक गर्न राष्ट्रपतिलाई जेष्ठ ७ गते ४ बजेको लागि अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

मन्त्रिपरिषदले बैठकले मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सफल भएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?