विश्वकप फुटबल २०१८: कीर्तिमानी गोल र चर्चामा रहेका खेलाडीहरु
सारांश
- २०१८ विश्वकपमा साउदी अरेबिया सँग खेल खेल्दै उरुग्वेका फरवार्ड लुइस सुआरेजले सय अन्तर्राष्ट्रिय खेलको कीर्तिमानी गरेका छन्।
- सय खेलको खेलमा उनले गोल समेत गर्न सफल भए।
- उनले खेलको २३ मिनेटमा गोल गर्दै सय खेललाई आफ्नो पक्ष मा बनाए।
२०१८ विश्वकपमा साउदी अरेबिया सँग खेल खेल्दै उरुग्वेका फरवार्ड लुइस सुआरेजले सय अन्तर्राष्ट्रिय खेलको कीर्तिमानी गरेका छन्।
सय खेलको खेलमा उनले गोल समेत गर्न सफल भए। उनले खेलको २३ मिनेटमा गोल गर्दै सय खेललाई आफ्नो पक्ष मा बनाए। उनी ३ विश्वकपमा गोल गर्ने पहिलो उरुग्वेली खेलाडी बन्न सफल भए। यसअघि उनले २०१० र २०१४ पनि गोल गरेका थिए।
२. रोनाल्डोको कीर्तिमानी गोल
रोनाल्डो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने युरोपका खेलाडी बनेका छन् । उनले पोर्चुगलका लागि १५२ क्याप जितेर ८५ गोल गरेका छन् ।खेलमा हेड गोलसँगै रोनाल्डो एकै विश्वकपमा दायाँ र बायाँ खुट्टा र हेड गोल गर्ने दोस्रो पोर्चुगिज खेलाडी बनेका छन् । यस्तो अनौठो रेकर्ड यसअघि सन् १९६६ को विश्वकपमा जोसे टोरेसले राखेका थिए ।
यसअघि युरोपबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हंगेरीका फेरेन्क पुस्कस थिए। उनले ८९ खेल खेल्दै ८४ अन्तर्राष्ट्रिय गोल गरेका थिए। रोनाल्डोले ८६ गोल गर्न भने १ सय ५२ खेल खेलिसकेका छन्। यसअघि रोनाल्डोले २०१८ विश्वकपको आफ्नो पहिलो खेलमा स्पेन विरुद्ध ह्याट्रिक गरेका थिए।
३. नेइमार फिट हुनेमा शंका
ब्राजिलका फरवार्ड नेइमारले खुट्टाको चोटका कारण प्रशिक्षण त्यागेका छन्। ब्राजिलियन टिमका प्रवक्ता भनिकुअस रोद्रिगेजका अनुसार नेइमार अहिले फिजियो समक्ष उपचार गराइरहेका छन्। उनी बुधबार (हिजाे)बेलुकाको प्रशिक्षणमा सहभागी हुने प्रवक्ताको भनाइ थियाे।
गत फेब्रुअरीमा खुट्टाको शल्यक्रिया गरेपछि नेइमारले त्यसपछि सिजनका सबै खेल गुमाएका थिए। नेइमार विश्वकपको वार्मअप खेलमा मैदान फर्किएका थिए। क्रोएसिया विरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेर उनले उत्कृष्ट पुनरागमन गरेका थिए। अस्ट्रिया विरुद्ध पनि गोल गरेका विश्वकपको पहिलो खेलमा भने चल्न सकेनन्।
समूह ई मा रहेको ब्राजिलले शुक्रबार दोस्रो खेलमा कोस्टारिकासँग खेल्दैछ।
४.मेस्सीको पेनाल्टी मिस
विश्वकप अन्तर्गत अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आइसल्याण्डविरुद्धको खेलमा पाएको पेनाल्टीमा गोल गर्न असमर्थ रहे। उनको प्रहार विपक्षी गोलकिपर हल्डोरसनले वचाउ गरे।
५.छोरी भेट्न निजी विमानमा घर
डेनमार्कका एक खेलाडी निजी विमान चडेर स्वदेश पुगेका छन्। डिफेन्डर जोनास कनुडसेन भर्खरै जन्मिएकी आफ्नी छोरी भेट्न डेनमार्क पुगेका हुन्।
उनकी श्रीमतीले ६ दिनघि छोरीको जन्म दिएकी थिइन। त्यति बेल जोनास रसिया आइपुगिसकेका थिए। छोरी जन्मिएको समयमा त्यहाँ हुन नसेकेका उनीलाई पेरु विरुद्ध जित हात पारेसँगै स्वदेश जान अनुमति दिइएको हो।
६.भिएआर रिभ्यूले इरानलाई हरायो
इरानले स्पेन बिरुद्द ६२ मिनेटमा बललाई जाली चुमाएपनि त्यसलाई अफसाइड घोषित गरिएको थियो। इजाटोलाहीको प्रहार गोलपोस्ट भित्र छिरेपनि भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) रिभ्यूमा अफसाइड देखिएको थियो।
र गोल ले मान्यता नपाउदा इरान घर फर्किने भएको छ।
प्रतिक्रिया