काठमाडौँमा बिहिवार ४४५ कोरोना संक्रमित पुष्टि
सारांश
- काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् ।
- देशभर १२ सय २८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय ४५ जना थपिएसँगै जोखिम बढेको छ ।
- स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.
काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२ सय २८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय ४५ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १३ हजार ४ सय १३ जनाको पिसीआर परिक्षणमा १२ सय २८ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
त्यसैगरी आज २४ घन्टामा ९१७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २४ हजार २ सय ७ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३५७ जना र ललितपुरका ४६ जना र भक्तपुरका ४२ जना रहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया