यी खानेकुरा खानाले आँखाको हुन्छ सुरक्षा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २२, २०७६
|
|
२५ पटक हेरिएको
Shares
यी खानेकुरा खानाले आँखाको हुन्छ सुरक्षा

सारांश

  • आजभोली आँखा कमजोर नभएको मानिसहरु हुदैनन् ।
  • बच्चाको आँखामा समेत चस्मा लगाएकै हुन्छन् ।
  • कम्प्युटरमा लगातार बसी रहदा आँखा कमजोर हुने समस्या हुन्छ ।

आजभोली आँखा कमजोर नभएको मानिसहरु हुदैनन् । बच्चाको आँखामा समेत चस्मा लगाएकै हुन्छन् । कम्प्युटरमा लगातार बसी रहदा आँखा कमजोर हुने समस्या हुन्छ । निरन्तर मोवाइलमा हेरी रहदा पनि आँखा कमजोर हुन्छ । आँखाको महत्व कति हुन्छ भन्ने कुरा देख्न नसक्नेलाई थाहा हुन्छ । तै पनि आँखा मानव जिवनको लागि निकै महत्वपुर्ण र नभई नहुने अंग हो ।

आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । आँखा कमजोर हुने कारण खानेकुराले गर्दा पनि हो । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस ।

पालुंगोको जुस
हरियो पात भएको साग र तरकारी आँखाका लागि लाभदायक हुन्छ । हरियो तरकारीको सुप पनि स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनदिनै एक गिलास पालुंगोको जुस पिउँदा भरपूर मात्रामा भिटामिन ए प्राप्त हुन्छ ।

गाजरको जुस
आँखाले धमिलो देख्न थाल्यो भने दिनदिनै गाजरको जुस पिउनुस् । एक गिलास गाजरको जुसमा एउटा गोलभेंडाको रस मिसाएर पिउँदा धेरै लाभ प्राप्त हुन्छ । बिहानबिहानै यो मिक्स जुस पिउन थाल्नुस् ।

हरियो सागपात
आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ । यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ । यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस् ।

ओखर
ओखरमा ओमेगा ३ फ्याट्टी एसिड भरपूर हुन्छ । आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस् ।

भिटामिन
शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ । आफ्नो आहारमा भिटामिन ए, बी, सी र ई भएका आहार समावेश गर्नुस् ।

सुन्तला, मौसम, केरा, लौका, किवी, भेडेखुर्सानी, हरियो सागसब्जी र भुइँकटहर जस्ता खानेकुरा खानुस् । मुङ्फली बदाम, जुस र दूधबाछ बनेका आहारले पनि फाइदा गर्छन् ।

बदाम
बदाम आँखाका लागि लाभदायक हुन्छ । राती पानीमा बदाम भिजाएर बिहान खानुस् । यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ । बदाममा सूप र मिश्री मिसाएर खाँदा पनि लाभ हुन्छ । तर आयुर्वेदका यस्ता केहि घरेलु उपचार छन्, जसको प्रयोगले आखाको तेज बढ्दै जान्छ ।

१. ग्रीन टि
दैनिक नियमित रुपमा २ ३ कप ग्रीन टि पिउनाले यसमा रहेको एन्टीअक्सिडेन्ट्सले आँखालाई स्वस्थ राख्दछ ।

२. अमला
सुकाएको अमलालाई रातभर पानीमा भिजाउनुस् । भोलीपल्ट विहान यसको पानीले आँखा सफा गर्नुस् । यसो गर्नाले आँखा स्वस्थ रहन्छ ।

३. घिउ
घिउले आँखी भौ तथा कन्चडतिर ५ १० मिनेट मसाज गर्नाले आँखाको तेज बढ्दै जान्छ ।

४. जीरा
जीरा र मिश्रीलाई बराबर मात्रामा मिसाएर पिस्नुस् । यसको धुलोलाई नियमित रुपमा घिउसंग मिसाएर खानाले आँखाको ज्योति बढाउछ ।

६. बिहान उठेर सफा पानी आँखामा छ्याप्ने

आँखालाई चिसो पानीले धुनुस् । त्यसपछि चिसो पानी तथा गुलाब जलले कटनको कपडा भिजाएर १० मिनेटसम्म आखाँमा पट्टि बनाएर लगाउनाले आँखा स्वस्थ रहन्छ ।

८. त्रिफला

अथवा त्रिफला चुर्ण रातभर पानीमा भिजाउनुस् । भिजाएको पानीले विहान आँखा सफा गर्नाले आखामा हुने इन्फेक्सन तथा मांसपेशीलाई स्वस्थ राख्दछ ।

८. सर्स्युं
सुत्ने बेलामा आखीभौ तथा निधारमा तोरि तथा सर्स्युंको तेलले मालिस गरेर सुत्नाले आँखाका मांसपेशीलाई बलीयो बनाउदछ ।

९. तोरीको तेल
राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहँु मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

१०. अमला
अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।

११. सुप
एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने गर्नुपर्छ ।

१२. सुकुमेल
तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने ।

१३. हाडे बदाम
रातफ छ सातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन
टोपबहादुर रायमाझीको सांसद पद निलम्बन
बिहीबार साँझ निधन भएकी एमाले सांसद दुलारी देवीको आज अन्त्येष्टि हुने
बिहीबार साँझ निधन भएकी एमाले सांसद दुलारी देवीको आज अन्त्येष्टि हुने
प्रदेश २ मा एभिन्यूज खबर बहिस्कार गर्न राज्यमन्त्रीको माग
प्रदेश २ मा एभिन्यूज खबर बहिस्कार गर्न राज्यमन्त्रीको माग
कर फर्छ्यौट आयोगका चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद र चार अर्बभन्दा बढी जरिवाना
कर फर्छ्यौट आयोगका चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद र चार अर्बभन्दा बढी जरिवाना
फागुन ५ गते सोमबारको राशिफल यस्तो छ
फागुन ५ गते सोमबारको राशिफल यस्तो छ
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
गोली चलाऊन आदेश दिनेविरुद्ध उजूरी पर्दा तुरन्त जाइलाग्ने, विधार्थीलाई गोली हान्दा मतलव नहुने?
विधेयक फिर्ता नलिए कांग्रेसले संसदमा हंगामा मच्चाउने
विधेयक फिर्ता नलिए कांग्रेसले संसदमा हंगामा मच्चाउने
जलेश्वर नगरपालिकाका पाँच वडा अध्यक्ष अनशनमा
जलेश्वर नगरपालिकाका पाँच वडा अध्यक्ष अनशनमा
एनटीसीको मोबाइलमा पनि अब ब्यालेन्स सापटी
एनटीसीको मोबाइलमा पनि अब ब्यालेन्स सापटी
श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू भ्रमणमा जाने !
श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू भ्रमणमा जाने !

तपाईंले छुटाउनुभयो कि?