सरकारले जनचाहनालाई प्राथमिकता दिनुपर्छ : नेता नेपाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २७, २०७५
|
|
४० पटक हेरिएको
Shares
सरकारले जनचाहनालाई प्राथमिकता दिनुपर्छ : नेता नेपाल

सारांश

  • हेटौँडा , २७ माघ ,नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइको सरकार रहेको परिस्थितिमा सरकारबाट कमजोरी हुन नहुने र भएकालाई सुधार गर्नुपर्ने धारणा राख्नुभएको छ ।
  • न्यूज क्लब हेटौँडाको आयोजनामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले कार्यदलको सुझाव र पृष्ठपोषणलाई पालना गरेको खण्डमा सरकारले उपलब्धि हात पार्ने बताउनुभयो ।
  • “पक्कै पनि सरकारका केही कमजोरी छन् तर ती कमजोरीलाई सुधारेर जानुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

हेटौँडा , २७ माघ ,नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइको सरकार रहेको परिस्थितिमा सरकारबाट कमजोरी हुन नहुने र भएकालाई सुधार गर्नुपर्ने धारणा राख्नुभएको छ ।

न्यूज क्लब हेटौँडाको आयोजनामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले कार्यदलको सुझाव र पृष्ठपोषणलाई पालना गरेको खण्डमा सरकारले उपलब्धि हात पार्ने बताउनुभयो । “पक्कै पनि सरकारका केही कमजोरी छन् तर ती कमजोरीलाई सुधारेर जानुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

नेकपा एकीकरणको सन्दर्भमा बोल्दै नेता नेपालले छिट्टै नै पार्टीको एकीकरण कार्य सकिने बताउनुभयो । नेपालले गोजीबाट निकालेको व्यक्तिले एकीकृत सङ्गठनको नेतृत्व नपाउने धारणा राख्नुभयो । दुवै पार्टीका वरिष्ठले प्राथमिकता पाउने र कनिष्ठले कम प्राथमिकता पाउने उहाँको भनाइ थियो । नेपालले अबको केही समयभित्र नेकपाको सबै तहमा एकीकरण हुने कुरामा ढुक्क हुन अनुरोध गर्नुभयो ।

सङ्गठनको निर्माण ढिला हुँदा काममा समस्या भएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले सबै तहको सङ्गठनलाई चुस्तदुरुस्त बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । तिनै तहको सरकारमा नेकपाको बहुमत रहेकाले जन चाहनाअनुसार काम गर्न जनप्रतिनिधिलाई अनुरोध गर्ने गरेको भन्दै नेता नेपालले जनता के चाहन्छन् त्यसको ख्याल गर्नुपर्ने बताउनुभयो ।

“जनता सार्वभौम सम्पन्न छन् उनीहरुको चाहना पूरा हुनुपर्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय नेकपाका नेताबीचमा खटपट आएको हो भन्ने प्रश्नमा नेता नेपालले केही समस्या भए पनि मिडियामा आएजस्तो गम्भीर मतभेद र समस्या नरहेको बताउनुभयो । “नेकपाभित्र समाधान गर्न नमिल्ने गरी केही पनि बिग्रेको छैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड निजि निवास मै पार्टी अफिस नेताहरु भन्छन् कार्यलयमा कोठै छैन
प्रचण्ड निजि निवास मै पार्टी अफिस नेताहरु भन्छन् कार्यलयमा कोठै छैन
बलात्कारमा दोषी प्रहरीलाई कारवाहीको माग
बलात्कारमा दोषी प्रहरीलाई कारवाहीको माग
‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
Dipika Kakar hits back at trolls who slammed her for celebrating Eid!
Dipika Kakar hits back at trolls who slammed her for celebrating Eid!
मनसुन अझै दश दिन कायम रहने
मनसुन अझै दश दिन कायम रहने
कोमल वलीको विषयमा त एमालेमात्र होइन राष्ट्रिय सहमति पो भो : केपी ओली
कोमल वलीको विषयमा त एमालेमात्र होइन राष्ट्रिय सहमति पो भो : केपी ओली
प्रतिनिधिसभाको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज बस्दै
पोखरा महानगरमा यस्तो छ पछिल्लो मतपरिणाम
पोखरा महानगरमा यस्तो छ पछिल्लो मतपरिणाम
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड