तीन पत्रकारलाई हत्याको धम्की, पत्रकार महासंघद्वारा धम्की दिने समूहलाई कानुनी कारवाहीको माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
५१ पटक हेरिएको
Shares
तीन पत्रकारलाई हत्याको धम्की, पत्रकार महासंघद्वारा धम्की दिने समूहलाई कानुनी कारवाहीको माग

सारांश

  • काठमाडौं, १० फागुन ।
  • नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले रौतहट शाखाका अध्यक्ष रविन्द्र साह, सचिव राजेन्द्रकुमार क्षेत्री र पत्रकार सञ्जय सहनीलाई भौतिक कारवाहीको धम्की दिने समूहको पहिचान गरी कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
  • महासचिव रमेश विष्टले आज जारी गरेको विज्ञप्तिमा भूमिगत समूहको नामबाट तीन दिनभित्र भौतिक कारबाही गर्ने धम्कीसहितको पत्र महासंघ रौतहट शाखा कार्यालयमा फालेर गएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

काठमाडौं, १० फागुन । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले रौतहट शाखाका अध्यक्ष रविन्द्र साह, सचिव राजेन्द्रकुमार क्षेत्री र पत्रकार सञ्जय सहनीलाई भौतिक कारवाहीको धम्की दिने समूहको पहिचान गरी कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ । महासचिव रमेश विष्टले आज जारी गरेको विज्ञप्तिमा भूमिगत समूहको नामबाट तीन दिनभित्र भौतिक कारबाही गर्ने धम्कीसहितको पत्र महासंघ रौतहट शाखा कार्यालयमा फालेर गएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

महासचिव विष्टको विज्ञप्तिमा भनिएको छ, “महासंघ रौतहट शाखाका अनुसार सांसद अनिल झाको समाचार लेखेको भन्दै पत्रकार सञ्जय सहनीलाई भौतिक कारबाहीको धम्कीे आएपछि सोको विरोधमा रौतहट शाखाले विज्ञप्ति जारी गरेपछि सोही विषयलाई लिएर भूमिगत समूह “सन्तोष मिश्रा बारुद” को नामबाट आज पत्रकारत्रय साह, क्षेत्री र सहनीलाई तीन दिनभित्र हत्या गरिदिने भनी धम्कीसहितको पत्र रौतहट शाखा कार्यालयमा फालिएको अवस्थामा भेटिएको थियो ।” समाचार प्रकाशित गरेको वा विज्ञप्ति निकालेको विषयमा पत्रमार्फत पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको विज्ञप्तिमा जनाइएको छ ।

यस्ता घटनाले पत्रकारलाई आफ्नो पेशामा हतोत्साहित र कमजोर बनाउने महासंघको ठहर छ भन्दै विज्ञप्तिमा पत्रकारलाई दिइएको यो धम्कीप्रति महासंघले कडा शव्दमा भत्र्सना गरेको छ । विज्ञप्तिमा धम्की दिने समूहको तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्भिक र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश तीनः नाम बागमती, राजधानी हेटौंडा पक्का
प्रदेश तीनः नाम बागमती, राजधानी हेटौंडा पक्का
मुलुकले पाउँदैछ फागुन २९ मा नयाँ राष्ट्रपति
मुलुकले पाउँदैछ फागुन २९ मा नयाँ राष्ट्रपति
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
नेपाली अदुवामा पटकपटक भारतीय अवरोध
नेपाली अदुवामा पटकपटक भारतीय अवरोध
किन भयाे प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’को छायाँकन स्थगित ?
किन भयाे प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’को छायाँकन स्थगित ?
दक्षिण एशियाली महिला सम्मेलनको उद्घाटन गर्दै ओलीले के भने ?
दक्षिण एशियाली महिला सम्मेलनको उद्घाटन गर्दै ओलीले के भने ?
मुस्लिम समुदायलाई झस्काउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तीन काम
मुस्लिम समुदायलाई झस्काउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तीन काम
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
झरनाबाट खसेर सैनिकको मृत्यु
झरनाबाट खसेर सैनिकको मृत्यु
यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )
यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )