युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
५५ पटक हेरिएको
Shares
युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग

सारांश

  • युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरूले आवाज उठाएका छन् ।
  • महासंघका विभिन्न सात वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले जेल हालिएकोमा कडा भर्त्सना गरेका हुन् ।
  • बेलायत, युरोप, जापान, दक्षिण कोरिया, कुवेत, कतार, बेल्जियम र भारतस्थित महासंघका शाखाहरूका तर्फबाट संयुक्त वक्तव्य जारी गरिएको हो।

युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरूले आवाज उठाएका छन् । महासंघका विभिन्न सात वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले जेल हालिएकोमा कडा भर्त्सना गरेका हुन् ।

बेलायत, युरोप, जापान, दक्षिण कोरिया, कुवेत, कतार, बेल्जियम र भारतस्थित महासंघका शाखाहरूका तर्फबाट संयुक्त वक्तव्य जारी गरिएको हो। ‘नेपालीहरुको संरक्षक ठानिने दूतावासकै प्रत्यक्ष संलग्नतामा सामाजिक सञ्जालमा लेखेकै भरमा विदेशी भूमिमा एक नेपाली पत्रकारलाई जेल पठाइनु आपत्तिजनक छ’ वक्तव्यमा भनिएको छ,’जसबाट अभिव्यक्ति स्वतन्त्रताको सर्वमान्य अधिकारमाथि सिधा प्रहार भएकोमा हामी कडा भर्त्सना गर्दछौं।’

नेपालमा रहँदा सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई लिएर नेपाली दूतावासले गरेको उजुरीमा युएई प्रहरीबाट पक्राउ गरी साइबर अपराधको मुद्धा लगाएर जेल सजाय गराउनुबाट अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको ठाडो उल्लंघन भएको उनीहरुको ठहर छ । वक्तव्यमा हाल युएईको जेलमा राखिएका पत्रकार पाण्डेलाई तत्काल रिहा गराउन तथा उनीमाथि न्यायोचित ढंगले लगाइएको साइबर अपराधको मुद्धा फिर्ता गराइ सजायमुक्त गराउनतर्फ आवश्यक पहल गर्न नेपाल सरकार र सम्बन्धित नेपाली दूतावाससमक्ष माग गरिएको छ ।

त्यस्तै, नेपाल पत्रकार महासंघ केन्द्र र श्रमजिवी पत्रकारहरुका पक्षधर विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ(संगठनहरुलाई पनि पत्रकार पाण्डेको रिहाइ तथा मुद्धा फिर्ताको लागि सम्बन्धित निकायहरुसम्म आवश्यक दबाब सिर्जना गर्ने कार्यमा सहयोग पु¥याउन अपिल गरिएको छ। वक्तव्यमा महासंघका बेलायत शाखा अध्यक्ष ध्रुवराज अर्याल, युरोप शाखा कावा अध्यक्ष केजिन राई, जापान शाखा अध्यक्ष मोहन घले, दक्षिण कोरिया शाखा अध्यक्ष रञ्जनराज कुँवर, कुवेत शाखा अध्यक्ष नवराज पन्थी, कतार शाखा अध्यक्ष करीम बक्स मियाँ, बेल्जियम शाखा अध्यक्ष ओम शर्मा र भारत शाखाका महासचिव अर्जुन खनालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
हिमालय टिभीमा श्रमजीवी पत्रकारहरुको पक्षमा महासंघको आन्दोलन शुरु
हिमालय टिभीमा श्रमजीवी पत्रकारहरुको पक्षमा महासंघको आन्दोलन शुरु
सिरिया बन्दीगृहमा १३ हजारलाई यातनासहित फासी
सिरिया बन्दीगृहमा १३ हजारलाई यातनासहित फासी
सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता
सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता
बहुमतले निर्णय गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी
बहुमतले निर्णय गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
नेप्से परिसूचक २७ अङ्कले बढ्यो
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
युबा लेखक राजन थपलियाकाे ‘चेन्ज योर फ्युचर’ सार्वजनिक
युबा लेखक राजन थपलियाकाे ‘चेन्ज योर फ्युचर’ सार्वजनिक