पशुपति क्षेत्रभित्र बेञ्चमा बस्दा मृत्यु !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
१७ पटक हेरिएको
Shares
पशुपति क्षेत्रभित्र बेञ्चमा बस्दा मृत्यु !

सारांश

  • काठमाडौँ, ४ भदाै ।
  • धर्ममा विश्वास गर्नेहरु सबैले मन्दिरलाई पवित्र मान्ने गर्छन् ।
  • उनीहरु अप्ठेरो परेको वेला मन्दिरमा गएर भगवानसँग सुख र शान्तिका लागि पुकार पनि गर्छन् ।

काठमाडौँ, ४ भदाै । धर्ममा विश्वास गर्नेहरु सबैले मन्दिरलाई पवित्र मान्ने गर्छन् । उनीहरु अप्ठेरो परेको वेला मन्दिरमा गएर भगवानसँग सुख र शान्तिका लागि पुकार पनि गर्छन् । तर, त्यहि मन्दिरमा आफ्नो दुःख विसाउन पुगेका एक व्यक्तिले ज्यान गुमाउनु परेको छ । यो घटना हो– काठमाडौं स्थित पशुपति मन्दिर परिसरको । पशुपति क्षेत्र विकास कोषको लापरवाहीले शनिबार एक व्यक्तिको मृत्यु भएको छ ।

शनिबार राति ८ बजेको समयमा काम सकेर पशुपति क्षेत्रस्थित बेञ्च आराम गर्न बसेका काठमाडौं महागरनगरपालिका – ७ का ४४ वर्षीय पुष्प गन्धर्वको करेन्ट लागेर मृत्यु भएको हो ।
पशुपति क्षेत्रभित्र रहेको स्टिलको बेञ्चमा जोडिएको विद्युतीय तारबाट करेन्ट लागेर उनको मृत्यु भएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ। गाइडको काम गर्ने गन्धर्व काम सकेर आराम गर्न बसेको बेला करेन्ट लागेर मृत्यु भएको उनका छोरा राजेश गन्धर्वले बताए ।

कोषले जथाभावी करेन्ट जोडेर लापरवाही गरी गन्धर्वको मृत्यु भएको भन्दै स्थानीयले जयवागेश्वरी क्षेत्रमा विरोध प्रर्दशन गरी केही समय सडक अवरोध समेत गरेका छन् । परिवार तथा आफन्तले कोषको लापरवाहीले गन्धर्वको ज्यान गएको आरोप लगाएका छन् । उनीहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको समेत माग गरेका छन् । पीडितपक्षले प्रहरी वृत्त गौशालामा कोषविरुद्ध उजुरीसमेत दर्ता गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?