साहसिक दुई युवाको प्याराग्लाइडिङ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
साहसिक दुई युवाको प्याराग्लाइडिङ !

सारांश

  • सुर्खेत, १४ भदौ ।
  • आकाशमा दुईजना मान्छे चढेको चिलजस्तो केही जन्तु घुम्न थालेपछि तातोपानी गाउँपालिका–५ लाम्रा गाउँका स्थानीयवासी निकै दङ्ग परे ।
  • उनीहरु खेतबारी, चौर, बाटोघाटो र घरका छतबाट एकटक आकाशमा हेरिरहे ।

सुर्खेत, १४ भदौ । आकाशमा दुईजना मान्छे चढेको चिलजस्तो केही जन्तु घुम्न थालेपछि तातोपानी गाउँपालिका–५ लाम्रा गाउँका स्थानीयवासी निकै दङ्ग परे । उनीहरु खेतबारी, चौर, बाटोघाटो र घरका छतबाट एकटक आकाशमा हेरिरहे ।

ती दुबै युवा साबिकको कुडारी गाविस एवं हालको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका ३३ वर्षीय लोकेश शाही र ३२ वर्षीय पदमबहादुर शाही थिए । पाँच वर्ष भारतको मनालीमा रहँदा प्याराग्लाइडिङसम्बन्धी सीप सिकेका दुबैले बुधबार जुम्लाको आकाशमा कसैले नपत्याएको काम गरे । “चिलजस्तो पनि लागेन । मान्छे हुन् भन्ने पनि ठम्याउन सकिएन । नजिक आउँदा त हाम्रै ठेटा (युवा) पो रहेछन,” आश्चर्य प्रकट गर्दै तातोपानी–५ लाम्रा गाउँका ८३ वर्षीय ज्येष्ठ नागरिक कालु सार्कीले भने । यस्तो चीज जीवनमा पहिलोपटक देख्न पाएको सोही वडाकै ज्येष्ठ नागरिक उमकान्त चौलागाईले  बताए । “विदेशीहरुले यसो गर्छन् भन्ने सुनेको थिएँ तर हाम्रै भाइ छोराहरुले पनि डोरीको भरमा आकाशमा उड्न सक्ने क्षमता र साहस राख्न सक्दा रहेछन्,” उनले भने ।

ती युवाले साबिकको लाम्रा गाविसको इज्जत पहाडको छ हजार फिट माथिबाट प्याराग्लाइडिङ उडान भरेका थिए । करीब १३ मिनेटपछिको परीक्षण उडानबाट सफल अवतरण गरेका शाही बन्धु र त्यसको निर्माता तथा पहलकर्ता टक्क नेपालीलाई स्थानीयवासीले सिन्दूर जात्रा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
दोहोरो गोली हानाहानमा दशको मृत्यु
दोहोरो गोली हानाहानमा दशको मृत्यु
११३ अपराधमा संलग्न लेडी ग्याङ्स्टार ‘मम्मी’ पक्राउ !
११३ अपराधमा संलग्न लेडी ग्याङ्स्टार ‘मम्मी’ पक्राउ !
घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट
घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
वसन्तपुर एक दशकमा समृद्ध शहर : राज्यमन्त्री गुरुङ
वसन्तपुर एक दशकमा समृद्ध शहर : राज्यमन्त्री गुरुङ
आजको राशीफल
आजको राशीफल
चितवन  उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा
चितवन उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा
सुन तस्करी प्रकरणमा छानबिन गर्न समिति गठन
सुन तस्करी प्रकरणमा छानबिन गर्न समिति गठन
काठमाडौँ उपत्यकामा आइतवार ५९७ जना कोरोना संक्रमित थपिए