रेशम चौधरीलाई प्रमाणपत्र नदिए आन्दोलन गर्छौं : राजपा उपाध्याक्ष लाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
रेशम चौधरीलाई प्रमाणपत्र नदिए आन्दोलन गर्छौं : राजपा उपाध्याक्ष लाल

सारांश

  • काठमाडौं, ७ पुस ।
  • राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
  • शुक्रबार रिपोर्टर्स क्लब नेपालमा प्रचार–प्रसार समिति टिकापुर क्षेत्र नम्बर १ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले यस्तो चेतावनी दिएका हुन ।

काठमाडौं, ७ पुस । राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा प्रचार–प्रसार समिति टिकापुर क्षेत्र नम्बर १ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले यस्तो चेतावनी दिएका हुन ।

मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निवार्चनमा सांसद चौधरीले प्रत्यासीलाई करिब २१ हजार मतान्तरले हराउँदै विजयी भएको जानकारी दिँदै भने, ‘रेशम चौधरीलाई निर्वाचन आयोगले अन्याय गर्दैछ, विभेदकारी व्यवहार गर्दैछ, हामी निर्वाचन आयोगलाई सचेत गराउन चाहन्छौँ, तत्काल रेशमको प्रमाणपत्र वारिसमार्फत प्रदान गरोस्, होईन भने निर्वाचन आयोगको निश्पक्षतामाथि प्रश्न उठ्नेछ, र आन्दोलन हुनेछ ।’

उनले अघि थपे, ‘रेशम चौधरीलाई फरार अभियूक्त आदी ईत्यादीले सम्बोधन गर्ने गरिएको छ, यसका बारेमा छानविन आयोगले सरकारलाई मधेशमा घटेका घट्नाको बारेमा छानविन गरेर प्रतिवेदन सरकारलाई बुझाईसकेको छ, त्यो प्रतिवेदन सरकारलाई सार्वजनिक गर्न समेत माग गर्दछु ।’

त्यस्तै नवनिर्वाचित सांसद रेशमकी धर्मपत्नि रञ्जिता चौधरीले मतगणना स्थलमा प्रहरी प्रशासनले थारु समुदायमाथि अत्याधिक दमन गरेको स्मरण गदाउँदै भनिन्, ‘२०७२ भाद्र ७ गतेको घटना नहुनुपर्ने थियो, भयो, त्यसमा हाम्रो समुदायले समेत दुःख प्रकट गरेको छ, त्यो घट्ना सरकारले नै गराएको हो, सत्य तथ्य छानविनको लागि अझैपनि आग्रह गर्दछु ।’

उनले अघि थपिन्, ‘२ वर्ष ७ महिना वितिसक्दा पनि त्यो ७ गते बाहेक ८ गते कफ्र्र्यूकाबीचमा थारु समुदायका घरहरु छानिछानि जलाउन दिईएको छ, त्यो हाम्रो समुदायमाथिको आक्रमण हो की होइन ? म धेरै टाढा जान चाहान्न गत मंसिर २१ गते पछि हाम्रो विजयी घोषणा भएपछि मतगणनास्थल धनगढिमा हामीलाई प्रवेश गर्न दिइएन, जनमतको कदर गर्नुको साटो प्रशासन समेत हामीमाथि अन्याय गर्छ, हाम्रा घरहरु खानतलासी गर्छ, यो अन्याय होईन ?’

सुरक्षकर्मीबाट निर्वाचनको प्रचारप्रसारमा व्यापक दमन र पक्षपात भएको भन्दै रञ्जिताले थारु भएकै कारण विजयी जुलुस समेत निकाल्न नपाएकोमा दुःख व्यक्त गरिन् ।

कार्यक्रममा राम बहादुर बढायर, फागुराम चौधरी लगायतले रेशम चौधरीका वारिसमार्फत तत्काल प्रमाणपत्र प्रदान नगरिए आन्दोलन छेड्ने चेतावनि दिएका छन् ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Om Bhujel

    हत्या
    गरनेहरू काे अरू केकामछर

    Comment Author

    Sagar Thapa

    teri machikne radndika xora haru

    Comment Author

    Sandip Khatiwada

    garxas aandolan .kasri garxa heraula .nepali jantale india khaedane xa .

    Comment Author

    Ramesh Kumar

    Paila karbai tespaxi pranpatra dineki na dine sochne

    Comment Author

    Keshab Khatri

    Kunai haalatma yo chor lai .parmanpatra dinu hudaina
    Haamima ikh xa vane yo aaune bittikai yasko taauko xinaalnu parxa.

    Comment Author

    Rai Kumar

    त्यो टीका पुर सबै भुटिदिए फरक पर्दैन केही काम छैन टिकापुरको।

    Comment Author

    Daniel Lama

    रेशम चौधरी मधेसी पार्टीमा जानुनै गलत थियो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?