युवाको प्रयासले नशामुक्त गाउँ बन्यो सुन्दरपुर

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १९, २०७४
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • कञ्चनपुर, १९ फागुन, कञ्चनपुरको बेदकोट नगरपालिका – ९ मा रहेको सुन्दरपुरले नशामुक्त गाउँका रुपमा परिचय बनाएको छ ।
  • दुई महिनाअघिदेखि युवाकै पहलमा लागुऔषध दुव्र्यसन नियन्त्रण तथा अनुगमन समिति गठन गरेर अभियान सञ्चालन गरेपछि गाउँ नशामुक्त भएको हो ।
  • गाउँको चौतारा, पुल, विद्यालयको परिसरमै दुव्र्यसनमा संलग्न युवाको जमात राति अबेरसम्म बस्दा बाटो हिँडनेले सास्ती खेप्नुपर्ने अवस्था थियो समितिका संयोजक जनकबहादुर विष्टले भन्नुभयो,“असुरक्षाका कारण धैरेले गाउँको बाटो रातिका बेला हिँड्नै छाडेका थिए ।

कञ्चनपुर, १९ फागुन, कञ्चनपुरको बेदकोट नगरपालिका – ९ मा रहेको सुन्दरपुरले नशामुक्त गाउँका रुपमा परिचय बनाएको छ ।

दुई महिनाअघिदेखि युवाकै पहलमा लागुऔषध दुव्र्यसन नियन्त्रण तथा अनुगमन समिति गठन गरेर अभियान सञ्चालन गरेपछि गाउँ नशामुक्त भएको हो ।

गाउँको चौतारा, पुल, विद्यालयको परिसरमै दुव्र्यसनमा संलग्न युवाको जमात राति अबेरसम्म बस्दा बाटो हिँडनेले सास्ती खेप्नुपर्ने अवस्था थियो समितिका संयोजक जनकबहादुर विष्टले भन्नुभयो,“असुरक्षाका कारण धैरेले गाउँको बाटो रातिका बेला हिँड्नै छाडेका थिए ।”

बाटो हिँडने युवतीलाई अभिभावककै अघि जिस्क्याउने, निहुँ खोजेर झगडा गर्नु त दुव्र्यसनमा फसेका युवाको दैनिकीनै बनेको थियो ।

बारम्बार झै झगडा गर्नु र पसलमा चोरी हुनुले स्थानीय बासिन्दाले निकै सास्ती खेप्नुपरेको थियो स्थानीयवासी भोजराज पन्तले भन्नुभयो, “दुव्र्यसनमा फसेका युवालाई सतमार्गमा डो¥याउनका लागि निकै चुनौती थिए । जनप्रतिनिधिकै उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरी सुधार गर्ने निधो गरियो ।” “सुधारका लागि निर्णय गरिए । निर्णय पालनाका लागि सबैका लागि कार्यसूची तयार गरी कार्यान्वयनमा ल्याइएपछि गाउँलाई नशामुक्त बनाउन सकियो” उहाँले भन्नुभयो ।

लागुऔषधको कुलतमा फसेका युवालाई सचेत गराउन विद्यालयमै प्रार्थना अघि पाँच मिनेट लागुऔषधले पु¥याउने हानीबारे जानकारी गराउने, गाउँका पसलमा गाँजा, चरेसलगायतका लागुऔषध बिक्री भए नभएकोबारे चियो चर्चो गर्न प्रहरीले निगरानी राख्ने र लागुऔषध पसलमा बिक्री भए नभएको बारे गोप्य सूचना दिनेलाई पुरस्कृत गर्ने कार्य गरिएपछि गाउँका युवालाई सुधार गर्न सहज भयो ।

जुनसुकै बेला पनि गाउँमा मदिरा बिक्री गरिँदासमेत समस्या थियो जनचेतना महिला समाज सुधार संस्थाका अध्यक्ष देवकी जोशीले भन्नुभयो, “मदिरा बिक्रीको इजाजत लिएका पसल सञ्चालकलाई मदिरा बिक्री गर्न बेलुकी ५ बजेदेखि साँझ ८ बजेसम्म समय निर्धारण गरिएपछि गाउँमा विगतको जस्तो झै–झगडा र अशान्ति छैन ।”

अहिले बाटोमा हिँडने युवतीलाई युवाहरुले जिस्क्याउदैनन् । चोरीका घटनामा समेत निकै कमी आएको छ, झै–झगडा हुदैन । मनमुटाव भए गाउँकै अगुवाहरुले बसेर छलफल गरी निष्कर्षमा पु¥याइ मेलमिलाप गराउने हँुदा गाउँलेले नयाँ परिवर्तन आत्मसात गरेको लोकराज बोहराले बताउनुभयोे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा भन्छन् – पार्टीमा एकता नचाहने पराजित भए
एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ : रघुवीर महासेठ सचिव, नेकपा एमाले
एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ : रघुवीर महासेठ सचिव, नेकपा एमाले
यसकारण गर्दैछ सशस्त्र प्रहरीले सीमाक्षेत्रमा ‘फोर्स मार्च’
यसकारण गर्दैछ सशस्त्र प्रहरीले सीमाक्षेत्रमा ‘फोर्स मार्च’
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण
क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण
बजाजले ल्यायो १ लाख ३२ हजार पर्ने सस्तो कार
बजाजले ल्यायो १ लाख ३२ हजार पर्ने सस्तो कार
अबैध घरेलु मदिरा नष्ट
अबैध घरेलु मदिरा नष्ट
प्रचण्ड भोलि आउने, सीताको स्वास्थ्यमा सुधार
प्रचण्ड भोलि आउने, सीताको स्वास्थ्यमा सुधार
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन

तपाईंले छुटाउनुभयो कि?