नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
३२ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र

सारांश

  • भरतपुर।
  • नारायणगढ-मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु भएको छ।
  • गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने कार्यको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो।

भरतपुर। नारायणगढ-मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु भएको छ। गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने कार्यको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो।

त्यसका लागि डिभिजन सडक कार्यालय भरतपुरले सडक विभागलाई स्वीकृतिको प्रक्रिया थाल्न पत्र पठाएको छ। विभागबाट मन्त्रालय हुँदै त्यसको स्वीकृति मन्त्रीपरिषदबाट गर्नुपर्ने हुन्छ।

नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष पहिरो झरेर दुःख दिन थालेपछि विकल्पबारे प्रारम्भिक अध्ययनको बाटो खोलिएको हो। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले वर्षैपिच्छे सडकमा पहिरो झरेर दुःख दिन थालेकाले यसको विकल्प सडक खोज्न लागिएको बताए।

“हामीले गैँडाकोटदेखि देवघाट–दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने गरी प्रक्रिया सुरु गरेका छौँ,” उनले भने, “सडक डिभिजन कार्यालयबाट आएको पत्रलाई हामीले छलफलको सूचीमा राखेका छौँ।”

सडक डिभिजन कार्यालयले गरेको प्रस्तावलाई सम्बन्धित विज्ञसँगको छलफलपछि मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव गर्न भौतिक योजना मन्त्रालयमा पठाइने पनि उनले जनाए। “गैँडाकोट–मुग्लिन सडकको अब अध्ययन हुन्छ। अध्ययन प्रतिवेदनका आधारमा परियोजना अगाडि बढाउने वा नबढाउने भन्ने निर्णय हुनेछ,” उनले बताए ।

यसअघि सडक विभागले नै डिभिजन सडक कार्यालय भरतपुरलाई वैकल्पिक सडकबारे अध्ययन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा डिभिजन सडक कार्यालय भरतपुरले विभागलाई वैकल्पिक सडक बनाउन सकिने गरी राजमार्ग घोषणा गराउन प्रस्ताव अघि सारेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने
भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने
Which usually Dating Site Is the Best? Evaluations of Best Online Dating Products
दिवंगद अधिकारीको अन्तेष्टि राजकीय समान्नकासाथ गरिने
दिवंगद अधिकारीको अन्तेष्टि राजकीय समान्नकासाथ गरिने
सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री
सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री
बिग्रन थाल्यो कांग्रेस-माओवादी सम्बन्ध/ माओवादी एमाले तालमेलको बहस,
बिग्रन थाल्यो कांग्रेस-माओवादी सम्बन्ध/ माओवादी एमाले तालमेलको बहस,
गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
दोस्रो हारसँगै नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो
दोस्रो हारसँगै नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो
जब छोराको मृत्युको खबर सुने ‘प्रचण्ड थुचुक्कै भुइँमा बसे…’
जब छोराको मृत्युको खबर सुने ‘प्रचण्ड थुचुक्कै भुइँमा बसे…’
अमेरिकाले पाकिस्तानलाई कालोसूचिमा किन राख्यो ?
अमेरिकाले पाकिस्तानलाई कालोसूचिमा किन राख्यो ?
चर्चित युवा नेता संजय अर्याल पहिलो पल्ट मिडियामा ।  हेर्नूस शिखर संवाद मा उहासंगको गरिएको विशेष कुराकानि ।
चर्चित युवा नेता संजय अर्याल पहिलो पल्ट मिडियामा । हेर्नूस शिखर संवाद मा उहासंगको गरिएको विशेष कुराकानि ।

तपाईंले छुटाउनुभयो कि?