योगेश भट्टराईलाई प्रश्न : आमाको सपना पूरा भयो, देशको कसरी हुन्छ ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
६९ पटक हेरिएको
Shares
योगेश भट्टराईलाई प्रश्न : आमाको सपना पूरा भयो, देशको कसरी हुन्छ ?

सारांश

  • काठमाडौं, पुस २० ।
  • निर्वाचनको दौरानमा एमाले युवा नेता तथा सचिव योगेश भट्टराईकी आमाले ‘यसपटक सबैलाई कान्छालाई जिताऔं’ भनेकी थिइन् ।
  • ‘जित्नै पर्ने हो ।

काठमाडौं, पुस २० । निर्वाचनको दौरानमा एमाले युवा नेता तथा सचिव योगेश भट्टराईकी आमाले ‘यसपटक सबैलाई कान्छालाई जिताऔं’ भनेकी थिइन् ।

‘जित्नै पर्ने हो । सबैलाई कान्छालाई यसपटक जिताऔं है भनेको छु । योभन्दा बढी म बूढीले अरु के गर्न सक्छु र,’ ९३ वर्षीया आमा महेन्द्रादेवी भट्टराईले भनेकी थिइन् ।

आमाले भनेको कुरा योगेशको जीवनमा लागू भएको छ । आमाको सपना पूरा भएको छ । अब देशको सपना कसरी पूरा गर्छन् यो आम जनचासोको विषय हो ।

कान्तिपुर टेलिभिजनमा दिलभुषण पाठकसँग टफ टकमा दिएको अन्तर्वार्तामा ‘आमाको अभिव्यक्तिले गर्दा होला सायद धेरै मतदाताहरुको दिल छोएछ’ योगेशले भने ।

अन्तर्वार्तामा दिलभुषणले आमाको सपना पूरा भयो, देशको कसरी हुन्छ ? भनेर योगेशलाई प्रश्न गरेका थिए । उत्तरमा योगेशले आमाको अभिव्यक्ति भावनाताम्क रहेको,अबको बाँकी जीवन देश विकासमा लाग्ने बताए ।

‘बुबाको निधनपछि छोराछोरी हुर्काउने जिम्मा आमाको काँधमा पर्यो, धेरै दुख पाउनुभयो,’ योगेशले भने, ‘आमाले म यो ठाउँमा पुगेको देख्न पाउनुभयो त्यो नै खुसीको कुरा हो । मेरो आमा जस्तै थुप्रै नेपाली आमाहरुले हामीबाट केही अपेक्षा गरेका छन् त्यो अपेक्षा गर्ने दायित्व म जस्तै धेरै प्रतिनिधित्वहरुको काँधमा आएको छ ।’

२०२३ सालमा जन्मिएका योगेश २ वर्षको हुँदा नै उनको बुबाको मृत्यु भयो । २०२५ सालमा ।

देशको सपनाबारे योगेशले पछिल्लो दशकमा अत्यन्तै महत्वपूर्ण कामहरु भएको बताए । माओवादी सशस्त्रको सघर्षंले हतियारबाट सत्ता लिएको, व्यवस्थापिका संसदबाट शान्तिपूर्ण ढंगले जनप्रतिनिधिको हस्ताक्षरबाट राजा बर्खास्त र दुई वटा ठूला कम्युनिष्ट पार्टीलाई एक ठाउँमा बनाउने जस्ता कुरा महत्वपूर्ण रहेको उनले बताए ।

केपी ओली र प्रचण्डले पार्टी एकता गरेको दिन नै सन्यास लिँदा उपयुक्त हुन्छ भनेका योगेशले अन्तर्वार्तामा बुढा भयो भनेर त्यसै लगेर फालिदैँन्, अन्तिमसम्म भएपनि स्यहारसुसार गर्ने कर्तव्य रहने बताए ।

उनले अब बन्ने बाम गठबनधनको सरकारले देशको विकासमा फड्को मार्ने समेत बताए । उनले विकासको काम कसैले नसोचेको गतिमा हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने
इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
मिडिया काउन्सिल विधयेक : कांग्रेसको संशोधन प्रस्ताव
मिडिया काउन्सिल विधयेक : कांग्रेसको संशोधन प्रस्ताव
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिकाे बैठक आह्वान
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिकाे बैठक आह्वान
प्रहरी महानिरीक्षक कार्की थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनबाट स्वदेश फर्किए
प्रहरी महानिरीक्षक कार्की थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनबाट स्वदेश फर्किए
अमेरिकामा भिषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या ९३ पुग्याे
अमेरिकामा भिषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या ९३ पुग्याे
गोप्य मतदान सार्वजनिक गरे के हुन्छ कारबाही ?
गोप्य मतदान सार्वजनिक गरे के हुन्छ कारबाही ?
सिण्डिकेट वालाको दादागिरी फेरी सुरु
सिण्डिकेट वालाको दादागिरी फेरी सुरु
दरबन्दी सिर्जनामा थप कडाइ गर्ने स् अर्थमन्त्रालय
दरबन्दी सिर्जनामा थप कडाइ गर्ने स् अर्थमन्त्रालय