योजनाबद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं १० भदौ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन् ।
- मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
काठमाडौं १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले तीव्र विकासलाई तीव्र गतिमा बढाउनुपर्ने भएकोले योजनावद्ध रुपमा अघि बढ्न आवश्यक रहेको बताए । “विशवविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नु पर्दछ”, प्रधानमन्त्ती ओलीले भने, “त्यहाँ पठनपाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरुरी छ ।”
सरकारले देशलाई आवश्यक पर्ने जनशिक्तको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । विश्व विद्यालयहरुले संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको जोड थियो ।
प्रतिक्रिया