ट्रमा सेन्टरमा तीन मेसिन बिग्रिएपछि रोकिए मेजर अप्रेसन
सारांश
- काठमाडौं ।
- राष्ट्रिय ट्रमा सेन्टरमा तीनवटा मेसिन बिग्रिएपछि मेजर अप्रेसनका लागि पालो कुरेका बिरामी रोकिएका छन् ।
- सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण एनेस्थेसिया मेसिन सोमबार एकैसाथ बिग्रिएपछि अप्रेसनका लागि ठीक्क पारिएका बिरामी रोकिएका हुन् ।
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा तीनवटा मेसिन बिग्रिएपछि मेजर अप्रेसनका लागि पालो कुरेका बिरामी रोकिएका छन् । सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण एनेस्थेसिया मेसिन सोमबार एकैसाथ बिग्रिएपछि अप्रेसनका लागि ठीक्क पारिएका बिरामी रोकिएका हुन् ।
सेन्टरमा दैनिक करिब २० वटा मेजर अप्रेसन हुने गरेका छन् । गर्छन् । अप्रेसनका लागि ती उपकरण आवश्यक हुन्छ । मेसिन बिग्रिएपछि अप्रेसनका लागि पालोमा कुरेर बसेका धेरै बिरामी प्रभावित भएका छन् ।
आइतबारसम्म अस्पतालमा चारवटा मेसिन सञ्चालनमा थिए । चारमध्ये तीनवटा मेसिनले काम गर्न छोडेपछि ठीक्क पारिएका अप्रेसन स्थगित गरिएको ट्रमा सेन्टरले जनाएको छ ।
मेसिन खरिदका लागि सम्बन्धित भारतीय कम्पनीले मंगलबार प्राविधिक पठाउने आश्वासन दिएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया