अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकासम्म पुग्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २४, २०७६
|
|
१६ पटक हेरिएको
Shares
अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकासम्म पुग्यो

सारांश

  • अस्ट्रेलियाली डढेलोका कारण उत्पन्न धुवाँ दक्षिण अ‍ेमरिकी मुलुकसम्म पुगेको छ।
  • अधिकारीले मंगलबार दिएको जानकारीअनुसार अस्ट्रेलियाको धुवाँ दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको हो।
  • ‘गत सोमबार दिउँसोदेखि हामीले उरुग्वेको आकासमा धुवाँका भुल्कोहरु देख्न थालेका छौं,’ उरुग्वेको मौसम विज्ञान विभागद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

अस्ट्रेलियाली डढेलोका कारण उत्पन्न धुवाँ दक्षिण अ‍ेमरिकी मुलुकसम्म पुगेको छ। अधिकारीले मंगलबार दिएको जानकारीअनुसार अस्ट्रेलियाको धुवाँ दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको हो। ‘गत सोमबार दिउँसोदेखि हामीले उरुग्वेको आकासमा धुवाँका भुल्कोहरु देख्न थालेका छौं,’ उरुग्वेको मौसम विज्ञान विभागद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

अस्ट्रेलियामा लागेको ठूलो डढेलोका कारण उत्पन्न धुवाँले त्यस क्षेत्रका अन्य देशसमेतमा असर पारेको छ। उरुग्वे मौसम विभागका प्रविधि व्यवस्थापक लुकिया चिपोनेल्लीले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार अस्ट्रेलियाबाट आएको धुवाँले उरुग्वेको वायुमण्डलसमेतलाई प्रदूषित गराएको छ।

धुवाँकै कारण मानवीय स्वास्थ्यमा ठूलो असर पर्ने अवस्था भने नरहेको उनले स्पष्ट पारेका छन्। अस्ट्रेलियाको धुवाँ प्रशान्त महासागर हुँदै झण्डै १३ हजार किलोमिटर पर दक्षिण अमेरिका आइपुगेको उनले बताए। गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अस्ट्रेलियामा अहिले पनि जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?