बिस्टेकबाट यसरी बन्यो बिमस्टेक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
५२ पटक हेरिएको
Shares
बिस्टेकबाट यसरी बन्यो बिमस्टेक

सारांश

  • काठमाडौं, १४ भदौ ।
  • बंगालका खाडी राष्ट्रहरुको संगठनको रुपमा परिचित विमस्टेक स्थापना हुँदा यो बिस्टेकको रुपमा भएको थियो ।
  • सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमार्फत यो संगठन स्थापना भएको थियो ।

काठमाडौं, १४ भदौ । बंगालका खाडी राष्ट्रहरुको संगठनको रुपमा परिचित विमस्टेक स्थापना हुँदा यो बिस्टेकको रुपमा भएको थियो । सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमार्फत यो संगठन स्थापना भएको थियो ।

त्यसबेला बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्ड यसका सदस्य थिए । सोही वर्ष डिसेम्बर २२ मा थाइल्याण्डमै आयोजित मन्त्रीस्तरीय बैठकले संगठनमा म्यानमारलाई सदस्यका रुपमा थप गरेको थियो भने नाम पनि बिमस्टेक बनाएको थियो । तर यसको नाम अहिलेको जस्तो थिएन । यसलाई बंगलादेश, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड आर्थिक सहयोग भनिन्थ्यो ।

सन् २००४ फेब्रुअरीमा थाइल्याण्डमा सम्पन्न छैठौं मन्त्रीस्तरीय बैठकबाट नेपाल र भुटानले पनि बिमस्टेकको सदस्यता प्राप्त गरे । यसपछि यस संगठनलाई अलि फरक रुपमा हेर्न थालियो । नाम पनि पुनःपरिवर्तन भयो । र भनियो “बे अफ बंगाल इनिसिएटिभ फर मल्टीसेक्टरल टेक्निकल एण्ड इकनमिक कोअपरेसन ।” नेपालीमा यसलाई “बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास” भनिन्छ ।

यो क्षेत्रीय संगठनले दक्षिण र पूर्वी एसियालाई जोड्ने काम गरेको छ । विश्वको करिब २२ प्रतिशत जनसंख्या रहेको यो क्षेत्रका मुलुकहरुमा पछिल्लो पाँच वर्षमा ६.५ प्रतिशतको औसत आर्थिक वृद्धिदर रहेको छ ।

गठबन्धनका रुपमा रहेको यो संगठनको उद्देश्य सदस्य राष्ट्रहरुबीच साझा सरोकारका विभिन्न विषयमा आपसी सहयोगमार्फत साझा समृद्धि हासिल गर्ने रहेको छ । बिमस्टेकको खास विशेषता भनेको यसले निर्धारण गरेका विशेष कार्य क्षेत्र हुन् । सुरुमा व्यापार, प्रविधि, यातायात, पर्यटन र मत्स्य व्यवसाय यसका कार्यक्षेत्र थिए । तर सन् २००८ मा कृषि, जनस्वास्थ, गरिबी निवारण, प्रतिआतंकवाद, वातावरण, संस्कृति, जनस्तरको सम्बन्ध र जलवायु परिर्वतलाई यसका कार्यक्षेत्रका रुपमा थप गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिजो जस्तो रहेन ‘राउटे’
हिजो जस्तो रहेन ‘राउटे’
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट
​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट
अर्को बैंकको एटीएम बुथ प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने
अर्को बैंकको एटीएम बुथ प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने
राजपा र फोरम पनि भाग खोज्दै
राजपा र फोरम पनि भाग खोज्दै
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैन : अर्थमन्त्री डा महत
सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैन : अर्थमन्त्री डा महत
नायिका प्रति व्यंग गर्दा प्रकाश सुबेदीमाथि खनिए चलचित्रकर्मी
नायिका प्रति व्यंग गर्दा प्रकाश सुबेदीमाथि खनिए चलचित्रकर्मी
नेपाललाई एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि
नेपाललाई एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि