४ राजदूत पद एक वर्षदेखि रिक्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २९, २०७६
|
|
३९ पटक हेरिएको
Shares
४ राजदूत पद एक वर्षदेखि रिक्त

सारांश

  • काठमाडौँ, २९ पुस ।
  • नेताहरूको भागबन्डा नमिल्दा र परराष्ट्रले कूटनीतिक नियुक्तिलाई प्राथमिकतामा नराख्दा यस्तो अवस्था आएको हो, एक वर्षयता तीन मुलुकमा नेपाली राजदूत नियुक्ति हुन सकेको छैन ।
  • थप एक मुलुकमा ‘कामचलाउ’ हैसियतमा राजदूत कार्यरत छन् ।

काठमाडौँ, २९ पुस । नेताहरूको भागबन्डा नमिल्दा र परराष्ट्रले कूटनीतिक नियुक्तिलाई प्राथमिकतामा नराख्दा यस्तो अवस्था आएको हो, एक वर्षयता तीन मुलुकमा नेपाली राजदूत नियुक्ति हुन सकेको छैन । थप एक मुलुकमा ‘कामचलाउ’ हैसियतमा राजदूत कार्यरत छन् । शीर्ष नेताहरूको भागबन्डा नमिल्दा र परराष्ट्र मन्त्रालयले आफ्नो कार्य सञ्चालनमा कूटनीतिक नियुक्तिलाई प्राथमिकतामा नराख्दा यस्तो भएको हो ।

सेवारत राजदूतलाई ‘राजनीतिक आधारमा’ फिर्ता बोलाएपछि दक्षिण कोरिया र श्रीलंकामा पद रिक्त छ । दक्षिण अफ्रिकामा रहेका राजदूत अमृतकुमार राईलाई फिर्ता बोलाएर न्युयोर्क्स्थित स्थायी प्रतिनिधिमा पदस्थापन गरिएपछि त्यहाँ पनि पद रिक्त भएको हो । अमेरिकाका लागि राजदूत अर्जुन कार्कीको पदावधि आठ महिनाअघि सकिए पनि ‘अर्को व्यवस्था नभएसम्म’ थपिएकाले कामचलाउ हैसियतमा कार्यरत छन् । तर प्रधानमन्त्री कार्यालय निकटस्थ स्रोतका अनुसार वासिङ्टनस्थित राजदूत कार्कीलाई फिर्ता हुनका लागि अघिल्लो साता मात्रै पनि अर्को चरणको सूचना पठाइएको छ । श्रीलंकामा कार्यरत राजदूत डा।विश्वम्भर प्याकुर्‍याल परराष्ट्र संयन्त्रबाट आवश्यक सहयोग नपाएको दोषारोपणसहित ६ महिनाअघि फिर्ता भएका थिए । उनी कांग्रेस कोटामा नियुक्त भएकाले नेकपाको ‘निर्देशनअनुसार परराष्ट्रले असहयोग गरेको’ पुष्टि भएको थियो ।

नेपालका विभिन्न ३० मुलुकमा राजदूतावास, राष्ट्रसंघीय ३ स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास सञ्चालनमा छन् । यीमध्ये अघिल्लो सरकारका पालामा राप्रपा कोटामा जापानका लागि राजदूत प्रतिभा राणा, ओमानका लागि तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को कोटामा शर्मिला ढकाल पराजुली र म्यानमारका लागि कांग्रेस कोटामा भीमकृष्ण उदास मात्रै अहिलेसम्म ‘थमौती’ मा छन् । तर यस बीचमा मधेसी जनअधिकार लोकतान्त्रिक र कांग्रेसबीच एकता भएपछि ओमानमा कार्यरत राजदूतले वर्तमान सत्तारूढ नेकपालाई समर्थन गर्दै पद ‘बचाउ’ गरेकी हुन् । ‘अमेरिकास्थित राजदूतको थप पदावधिका आधारमा फिर्ता हुन भनिएको हो,’ परराष्ट्रका एक कूटनीतिक अधिकारीले भने, ‘यो लटमा ओमन, जापान र म्यानमारबाट पनि राजदूत फिर्ता हुन सक्ने संकेत छ ।’
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा
मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
विमलेन्द्र निधि र छवि जोशीले गरे रेष्टुरेन्ट उद्घाटन (हेर्नुहोस् १६ तस्बिरमा)
विमलेन्द्र निधि र छवि जोशीले गरे रेष्टुरेन्ट उद्घाटन (हेर्नुहोस् १६ तस्बिरमा)
निर्मला हत्याकाण्डको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ, के भने बयानमा ?
निर्मला हत्याकाण्डको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ, के भने बयानमा ?
आसमा बित्यो तीन वर्ष, अझै कति…
आसमा बित्यो तीन वर्ष, अझै कति…
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
खैरो हेरोइनसहित चार पक्राउ
खैरो हेरोइनसहित चार पक्राउ
वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते
वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
२४ घन्टामा देशभर थपिए ५५४ संक्रमित
२४ घन्टामा देशभर थपिए ५५४ संक्रमित