अर्का कोरोना संक्रमितको पनि मृत्यु, ९ जना पुगे नेपालमा ज्यान गुमाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २१, २०७७
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।
  • मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमण पुष्टि भएपछि उनलाई टिचिङ अस्पाल महाराजगञ्ज लगिएको थियो ।

मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र अपरेशन भई १५ गते टिचिङमा उपचारका लागि लगिएको थियो ।

उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको थियो । योसहित संक्रमणबाट कुल ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?