उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २६, २०७९
|
|
३८ पटक हेरिएको
Shares
उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता

सारांश

  • भक्तपुर ।
  • बिस्केट जात्राको अवसरमा आयोजना गरिएको उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः पहिलो भएको छ ।
  • मध्यपुरथिमि नगरपालिकाले बालकुमारी मन्दिर परिसरमा आयोजना गरेको सो प्रतियोगितामा सहभागी ३९ टोलीलाई पछाडि पार्दै राज गणेश धिमे खलः पहिलो भएको हो ।

भक्तपुर । बिस्केट जात्राको अवसरमा आयोजना गरिएको उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः पहिलो भएको छ ।

मध्यपुरथिमि नगरपालिकाले बालकुमारी मन्दिर परिसरमा आयोजना गरेको सो प्रतियोगितामा सहभागी ३९ टोलीलाई पछाडि पार्दै राज गणेश धिमे खलः पहिलो भएको हो । उसले रु ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा काठमाडौँ धर्मस्थलीको पुलांगु तःग्वगु धिमे खलः दोस्रो हुँदै रु २० हजार प्राप्त ग-यो । भक्तपुर कमलविनायकको यातु गणेश द्यो गुठी तेस्रो हुदै रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा सूर्यविनायक नगरपालिका–१, सिरुटारको लुँनिभा धिमे खलःले सान्त्वना पुरस्कार तथा लाय्कु धिमे खलः थिमिलाई रु पाँच हजारसहितको जर्ज च्वाइसको उपाधि प्रदान गरिएको छ । मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले विजयी हुनेलाई पुरस्कार प्रदान गरका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापति थापाले बढुवा अड्काएर आफन्तलाई यसरी बनाए रथी
प्रधानसेनापति थापाले बढुवा अड्काएर आफन्तलाई यसरी बनाए रथी
हालसम्म चार हजार विद्यालय पुनःनिर्माण
हालसम्म चार हजार विद्यालय पुनःनिर्माण
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
सह-अध्यक्ष यादवले पार्टी छाडेपछि विजयकुमार गच्छदार संकटमा
सह-अध्यक्ष यादवले पार्टी छाडेपछि विजयकुमार गच्छदार संकटमा
जागिरे आमाबाबुका सन्तानमा कसरी पर्छ मनोवैज्ञानिक असर ?
जागिरे आमाबाबुका सन्तानमा कसरी पर्छ मनोवैज्ञानिक असर ?
समानुपातिक तर्फ पनि रास्वपाको अग्रता, पछ्याउँदै काँग्रेस
समानुपातिक तर्फ पनि रास्वपाको अग्रता, पछ्याउँदै काँग्रेस
मायालुको गाउँ खोज्दै सन्दिप परियार (भिडियोसहित)
मायालुको गाउँ खोज्दै सन्दिप परियार (भिडियोसहित)
जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल
जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल
Steps to make Your Russian Wife Cheerful Again