प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार भएको छ।
- मंगलबार प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिस तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो।
काठमाडौं। प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार भएको छ। मंगलबार प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिस तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर थियो। प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा राखिएको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै गएपछि भेन्टिलेटर हटाइएको जानकारी दिए। ‘अहिले प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा सुधार भएको छ,’ थापाले भने, ‘ब्याकअपमा रहेको भेन्टिलेटर हटाइएको छ।’ अहिले नौ बजे प्रधानमन्त्रीको स्वास्थ्य बुलेटिन जारी गर्ने अस्पतालले तयारी गरेको छ।
झन्डै १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रम ओली अहिले फेरि मिर्गौलाको समस्याबाट पीडित छन्। हालै उनको केही पटक हेमोडायालिसिस गरिएको थियो।
प्रतिक्रिया