अष्ट्रमीका दिन विहानै बस दुर्घटना १६ जना घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १७, २०७९
|
|
३२ पटक हेरिएको
Shares
अष्ट्रमीका दिन विहानै बस दुर्घटना १६ जना घाइते

सारांश

  • धनगढी ।
  • डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ स्थित गाङखेतमा बस र ट्रक ठोक्किएका छन्।
  • कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको सुदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र बझाङबाट धनगढीतर्फ आइरहेको से१ख ८७८ नम्बरको ट्रक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

धनगढी । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ स्थित गाङखेतमा बस र ट्रक ठोक्किएका छन्। कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको सुदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र बझाङबाट धनगढीतर्फ आइरहेको से१ख ८७८ नम्बरको ट्रक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान बस र ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा १६ जना घाइते भएका छन्। उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले बताएको छ। उनीहरुको पहिचान भने खुलेको छैन। बसमा २४ जना सवार थिए। यस्तै उक्त दुर्घटनापछि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा जाम लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?