राजनीतिक शेयर बजारमा बाबुराम भट्टराईको मूल्यवृद्धि !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
राजनीतिक शेयर बजारमा  बाबुराम भट्टराईको मूल्यवृद्धि !

सारांश

  • काठमाडौं, २६ वैशाख ।
  • पिता भोजप्रसाद भट्टराईलाई भारतको विभिन्न धार्मिकस्थलहरूको तीर्थयात्रा गराएर भर्खरै नेपाल फर्किएका नयाँ शक्ति अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजनीतिक शेयर बजारमा अचानक मूल्यवृद्धि भएको छ ।
  • भारतसँग जनयुद्धकालदेखि नै सुमधुर सम्बन्ध कायम राखेका डाभट्टराईले तीर्थ यात्राकै क्रममा नरेन्द्र मोदी सरकार निकट ‘हाइप्रोफाइल सूत्रहरूसँग गोप्य छलफल गरेपछि नेपालमा बाबुरामको महत्व बढेको दावी समाचार स्रोतको रहेको  साँघु साप्ताहिकमा खवर छ ।

काठमाडौं, २६ वैशाख । पिता भोजप्रसाद भट्टराईलाई भारतको विभिन्न धार्मिकस्थलहरूको तीर्थयात्रा गराएर भर्खरै नेपाल फर्किएका नयाँ शक्ति अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजनीतिक शेयर बजारमा अचानक मूल्यवृद्धि भएको छ ।

भारतसँग जनयुद्धकालदेखि नै सुमधुर सम्बन्ध कायम राखेका डाभट्टराईले तीर्थ यात्राकै क्रममा नरेन्द्र मोदी सरकार निकट ‘हाइप्रोफाइल सूत्रहरूसँग गोप्य छलफल गरेपछि नेपालमा बाबुरामको महत्व बढेको दावी समाचार स्रोतको रहेको  साँघु साप्ताहिकमा खवर छ । बाबुरामको गतिविधिलाई नजिकबाट निहालेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाबुराम फर्के लगत्तै भेटेर एकताको प्रस्ताव राखेको बताइन्छ ।

डा।बाबुराम निकट नयाँ शक्तिका एक नेताको दाबी अनुसार, बाबुरामलाई ‘सेकेण्ड म्यान’ बनाएर नयाँ शक्ति र माओवादी केन्द्र एकीकरण गर्न प्रचण्ड आतुर रहेको समाचार स्रोतले बताएको छ । यद्यपि सानो कसौडीमा पाकेको मीठो खाना खान पल्किएका नेताहरूले माओवादी वा एमालेसँग एकता नगर्न बाबुरामलाई ठूलो दबाब दिएको बताइन्छ । तर, बाबुरामको चाहना भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम वा माओवादी केन्द्रमा विलय हुने रहेको बताइन्छ ।

प्रचण्डलाई भेटेर एकताका लागि साहुती गरेका डा बाबुरामले एमाले अध्यक्ष केपी ओलीसँग पनि यसबीचमा भेटघाट र फोनमा विशेष छलफल गर्न भ्याइसकेको थाहा भएको छ । साँघुलाई प्राप्त सूचना अनुसार, बृहत् वामपन्थी एकतामा पुनः सामेल हुनेबारे ओली र बाबुरामबीच गहन छलफल भएको छ ।

बाबुराम निकटस्थ सूत्रका अनुसार, ओली र प्रचण्ड पछिको सम्मानजनक पद र भूमिका पाएमा एमाले माओवादी एकीकरणमा आफूहरू पनि सामेल हुने मनस्थिति डा।बाबुरामले बनाएका छन् । त्यसमाथि सत्ता बाहिर बस्दा पानी बिनाको माछाजस्तै छटपटाइरहेकी बाबुराम पत्नी हिसिला यमीले वाम एकतामा सामेल हुन डा।बाबुरामलाई चर्को दबाब दिएको चर्चा पनि छ ।

हिसिलाले एमाले सूत्रसँग एकीकरणको एजेण्डा बोकेर निरन्तर संवाद चलाइरहेको चर्चा पनि चलेको छ । उता, ओलीले सरकारमा सम्मानजनक हिस्सा र मन्त्रालय नदिएको भन्दै मुर्मरिएका उपेन्द्र यादव र प्रचण्डको दोस्ती पछिल्लो समय ‘खुल्लम खुल्ला प्यार करेंगे’ शैलीमा झ्याङगिएपछि प्रचण्डले उपेन्द्रलाई पनि वामपन्थी मोर्चामा तान्नुपर्ने चतुर कार्ड फ्याँकेको बताइन्छ ।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Parmod Safal

    Dr..Baburam.Foreiner ko doot nabannuhos

    Comment Author

    Parmod Safal

    DrBaburam.Ab Nepalese ko.Lagee.Kam..Garnu pardaina Ra .Kati india.ko Lagi..Kam Garnu hunchha

    Comment Author

    Hari Kumar Shrestha

    dirgha rogi deshko aandra bhundima kaha nira opreshan jaruri chha thammyai rakha

    Comment Author

    Shiva Sharma

    हुनै पर्छ!

    Comment Author

    Durga Adhikari

    No increase Dr. Bhattarai baru Politics ma failed vaisake aba.

    Comment Author

    Prem Pd Dhakal

    Yo desma tapai ko khancho

    Comment Author

    Rajan Pratap Singh Basnyat

    Agent of raa

    Comment Author

    Gopi Kumar Adhikari

    Dr sab ko dimag ko kheti

    Comment Author

    Rudra Ghimire

    Yo indian ajncy ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिवांगत गिरीको शब सानेपाबाट सातदोबाटो कोटेश्वर हुदै पशुपति आर्यघाटमा
दिवांगत गिरीको शब सानेपाबाट सातदोबाटो कोटेश्वर हुदै पशुपति आर्यघाटमा
नेपाली कांग्रेसका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित
नेपाली कांग्रेसका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित
समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन
समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन
यातायातमा सिन्डिकेट एक्लै छैन नेताको आशीर्वाद छ
यातायातमा सिन्डिकेट एक्लै छैन नेताको आशीर्वाद छ
पहिलो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेपालमाथी नेदरल्यान्ड हावी
पहिलो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेपालमाथी नेदरल्यान्ड हावी
काठमाडौ अझै केही दिन धुम्म हुने
काठमाडौ अझै केही दिन धुम्म हुने
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
कात्तिक १५ गते शुक्रबारको राशिफल यस्तो छ
दुईतिहाईको शक्तिशाली सरकार केही गर्न नसकिने मनोविज्ञानका साथ पूर्व तयारीमा: लेखक
दुईतिहाईको शक्तिशाली सरकार केही गर्न नसकिने मनोविज्ञानका साथ पूर्व तयारीमा: लेखक

तपाईंले छुटाउनुभयो कि?