राजपामा राजेन्द्र महतोको प्रेम लिलाको चर्चा, को हुन प्रेमिका ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
राजपामा राजेन्द्र महतोको प्रेम लिलाको चर्चा, को हुन प्रेमिका ?

सारांश

  • काठमाडौं, २६ जेठ ।
  •   राष्ट्रिय जनता पार्टी (राजपा) भित्र यतिवेला अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रेम लिलाबारे चर्चा भएको छ ।
  • पार्टीको केही दिन यता लगातार बसेको बैठकमा समेत यो विषयबारे व्यापक कुराहरु उठेको स्रोतको दाबी छ ।

काठमाडौं, २६ जेठ ।  राष्ट्रिय जनता पार्टी (राजपा) भित्र यतिवेला अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रेम लिलाबारे चर्चा भएको छ ।

पार्टीको केही दिन यता लगातार बसेको बैठकमा समेत यो विषयबारे व्यापक कुराहरु उठेको स्रोतको दाबी छ ।

खासगरी नरमाया ढकाललाई समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएदेखि नै अध्यक्ष मण्डलका सदस्य महतोको नाम जोडेर विभिन्न टिकाटिप्पणीहरु भएका थिए । त्यतिवेला पनि सांसद ढकालको चर्चाले सामाजिक सञ्जालहरु रंगिएका थिए । अहिले यो विषयले पार्टीभित्र पूनः चर्चा पाएको बुझिएको छ । सांसद रहेका नेता महतो प्रेममा लसपसिँदा पार्टीभित्र हंगामा भएको एक नेताले बताए।

उनले भने,“यो विषयमा अहिले पार्टीभित्र निकै चर्चा छ, केही नेताहरुले राजेन्द्र महतोजीसँग तपाईको नाम जोडेर बाहिर यस्तो बद्नाम भयो, यो के गरेको भनेर सोध्नुभएको थियो, तर राजेन्द्र महतोजीले यो मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो भन्दै नरमायाको बचाउ गर्नुभयो।”

महतोले ढकाल ठीक मान्छे भएको बताउँदै उनको विषयमा कुरै नगर्न नेताहरुलाई आग्रह गरेका थिए । ढकाललाई सांसद बनाएपछि सामाजिक सञ्जालमात्रै नभएर त्यतिवेला पनि राजपामा खैलाबैला मच्चिएको थियो ।

ढकाल खसआर्य सूचीबाट सांसद बन्न सफल भएकी थिईन् । राजपाको नेतृत्वले समेत उनलाई सांसद बनाउन नचाहेको खबरहरु बाहिरिएका थिए । तर, यी सबैका बावजुद ढकाललाई नेता महतोकै “हेभ्भी प्रेसर” ले सांसद बनाईएको पार्टी पंक्तिका शीर्ष नेताहरुले बताउँदै आएका छन् ।

गैरसरकारी संस्थामा आबद्ध नरमाया काठमाडौंमा बसेर सदभावनाको पार्टी राजनीतिमा सक्रिय रहेको उनीहरुको भनाई रहेको छ । ढकालले नागरिकता स्याङ्जाबाट लिएकी हुन् । उनको विवाह चितवनमा भएको छ । अहिले काठमाडौँको बत्तिसपुलतीमा उनको स्थायी बसोबास छ ।

(रिपाेर्टश नेपाल बाट )

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bishnu Shrestha

    हातहतियार भरपर्दो भयपछि जहाजेगरी हिडन अस्वभाबिक नहोला।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ