५ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
५ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास

सारांश

  • काठमाडौं, २२ मंसिर ।
  • रुपन्देहीको देवदहमा पाँच वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको छ ।
  • देवदहको पानबारी नजिकै गएराति ८ बजे स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो ।

काठमाडौं, २२ मंसिर । रुपन्देहीको देवदहमा पाँच वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको छ । देवदहको पानबारी नजिकै गएराति ८ बजे स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो ।

बालिका बलात्कार गरेको आशङ्कामा स्थानीय ६ युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिए । पीडित बालिकाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेका ६ जनालाई हिरासतमा राखी अनुसन्धान थालिएको थापाले बताए ।

घरमा वृद्ध हजुरबा हजुरआमासँग रहेकी बालिका नदेखेपछि खोज्ने क्रममा घरको केहीपर चिच्याइरहेको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

(https://www.firmfitfloor.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?