राजपा नेपालका शीर्ष नेताहरु भारतीय दूतावासमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
३९ पटक हेरिएको
Shares
राजपा नेपालका शीर्ष नेताहरु भारतीय दूतावासमा

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु भारतीय दूतावास गएका छन् ।
  • उनीहरु भारतीय राजदूत मन्जिम्भ सिंह पुरीको निम्तामा छलफलको लागि त्यहाँ पुगेका हुन् ।

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु भारतीय दूतावास गएका छन् । उनीहरु भारतीय राजदूत मन्जिम्भ सिंह पुरीको निम्तामा छलफलको लागि त्यहाँ पुगेका हुन् ।

असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानीय चुनाव तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको लगायतको विषयमा छलफल हुने बताइएको छ ।

छलफलमा महन्थ ठाकुर, महेन्द्रराय यादव, शरतसिह भण्डारी, अनिल झा र राजेन्द्र महतो रहेका छन् ।

राजपा नेपाल संविधान संशोधन लगायतका माग पूरा नभएसम्म चुनावमा नजाने अडान लिएर बसेको छ ।तर, पछिल्लो समय संविधान संशोधन बाहेकका मागहरु पूरा भए चुनावमा जाने मनस्थिति राजपा नेपालले बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?