राजविराजमा झडपमा परि घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
राजविराजमा झडपमा परि घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु

सारांश

  • लहान २६,असोज।
  • सप्तरी जिल्लाको  सदरमुकाम राजविराज मा गत मंगलबार दुई समूहबीच भयको झडपमा परि घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।
  •  झडपका क्रममा गम्भीर घाइते भएका राजविराज–१ का भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परि मृत्यु भएको परिवारले जनाएको छ।

लहान २६,असोज।सप्तरी जिल्लाको  सदरमुकाम राजविराज मा गत मंगलबार दुई समूहबीच भयको झडपमा परि घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। झडपका क्रममा गम्भीर घाइते भएका राजविराज–१ का भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परि मृत्यु भएको परिवारले जनाएको छ।

गाउँमै ग्याङ् फाइटमा परेका प्रेमको टाउकोमाथि काठको चिर्पटले प्रहार गरिएकाले रक्तश्राव बढी भएका कारण उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्य भएको पीडितका बुबा भन्नालालले बताए।

यसैबीच प्रेमको शवसहित मृतकका परिवार, आफन्त तथा गाउँलेहरुले हिजो राजविराजमा प्रदर्शन गरेका छन्। प्रेमको शव विराटनगरबाट ल्याएर हत्यारालाई अविलम्ब पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो। राजविराजस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय अगाडि प्रेमको शवसहित प्रदर्शन गरिएको प्रर्दशनमा सहभागी रेमन्त यादवले बताए। प्रदर्शन गर्दै उनको शवलाई नगर परिक्रमासमेत गरिएको थियो।

प्रदर्शनका क्रममा हत्यामा संलग्न हुनेको नाम ब्यानरमै किटान गरी अविलम्ब पक्राउ गर्न माग गरिएको छ। यसैबीच प्रेमको पुरानै रिसइबीका कारण हत्या भएको बताउँदै हत्यामा संग्लन व्यक्तिको तीव्र रुपमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। साथै घटनाबारे अनुसन्धानसमेत भइरहेको उनले बताए। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?