यसकारण ओलीसँग सत्तामा जाँदैनौं’

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
४३ पटक हेरिएको
Shares
यसकारण ओलीसँग सत्तामा जाँदैनौं’

सारांश

  • काठमाडौं  : अब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदायप्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ ।
  • एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता सञ्चालनका लागि मात्र वाम गठबन्धनले जनादेश पाएको नभएर मधेस र मधेसीप्रति एमालेको दृष्टिकोणमा परिवर्तनको अपेक्षा गरेको बताएका थिए ।
  • उनले स्थानीय, प्रदेश र संघीय निर्वाचनको परिणामपछि संक्रमणकाल अन्त्य भएको सन्देशका रूपमा एमालेले अरु दललाई हेर्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेकोमा जोड दिएको संघीय फोरम स्रोतले बतायो ।

काठमाडौं  : अब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदायप्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता सञ्चालनका लागि मात्र वाम गठबन्धनले जनादेश पाएको नभएर मधेस र मधेसीप्रति एमालेको दृष्टिकोणमा परिवर्तनको अपेक्षा गरेको बताएका थिए ।

उनले स्थानीय, प्रदेश र संघीय निर्वाचनको परिणामपछि संक्रमणकाल अन्त्य भएको सन्देशका रूपमा एमालेले अरु दललाई हेर्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेकोमा जोड दिएको संघीय फोरम स्रोतले बतायो । उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओलीजी ताजा जानदेशको सम्मानका लागि पनि संविधान संशोधनमा जानुहोस् । संशोधनले देशका अनेकौं ‘डेडलक’ले निकास पाउने छन् । यसको एउटा प्रत्यक्ष उदाहरण अहिले अवरुद्ध राष्ट्रियसभा निर्वाचन अध्यादेश नै पर्याप्त छ ।’

संघीय फोरमका वरिष्ठ नेता अशोक राईले जनताको ताजा जनादेशले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको अवस्थामा ओली र यादवबीच भेट हुनु स्वाभाविक रहेको बताए । ‘ताजा जनादेशले पाँचवटा दललाई विशेष जिम्मेवारी दिएकाले उनीहरूको सहमतिमा देश अघि बढ्नु पर्छ’, उनले भने, ‘सत्तामा बस्ने मात्र नभएर प्रतिपक्षमा बस्ने पनि सत्ताकै अंग हुने हुँंदा एमाले अध्यक्षसँगको भेटलाई सत्ता भागबण्डाका रूपमा नबुझौं । संघीय फोरम अहिले सत्तामा जाँंदैन ।’

चुनावको समीक्षा गर्दै नेता राईले वाम गठबन्धनले बाजी मारेको बताए । ‘नेपालको राजनीतिक समीकरणमा माओवादी जुन पक्षमा गयो, उसैले जित्यो’, उनले भने, ‘माओवादीको राजनीतिक भूमिका कांग्रेसले बुझेन वा सदुपयोग गर्न सकेन । परिणाम उसले पराजय भोग्यो ।’ जनताले एमालेलाई एकलौटी बहुमत नदिएर वाम गठबन्धनलाई दिनुको अर्थ विसं २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौतादेखि ताजा जनादेशसम्म आइपुग्दा देशको ‘राजनीतिक साँंचो’ माओवादीको हातमा सुम्पिएको उनको भनाइ थियो । संघीय फोरम अपेक्षाअनुसार विजयी हुन नसके पनि आगामी दिनमा सिंहदरबारबाट ‘लादिने नीति÷निर्णय’ विरुद्ध हस्तक्षेपकारी भूमिका खेल्न सक्ने अवस्थामा पुर्‍याएकोमा उनले मतदातालाई धन्यवाद दिए । उनले आगामी साता कार्यसम्पादन समिति र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकले पार्टीको भावी रणनीति प्रष्ट पार्ने जानकारी दिए ।

राजपाको बैठक सोमबार

सोमबार बस्ने राष्ट्रिय जनता पार्टी नेपालको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा, केन्द्र र प्रदेश सरकार गठन, रेशमलाल चौधरीलाई विजयी घोषणालगायत विषयमा केन्द्रित हुनेछ । राजपा अध्यक्ष महन्थ ठाकुरले बैठकको एजेन्डासँगै विद्यमान राजनीतिक परिस्थिति सम्बन्धमा कार्यपत्र नै प्रस्तुत गर्ने जानकारी राजपा स्रोतले दिएको छ ।

मन्त्रिपरिषद्ले पेस गरेको राष्ट्रियसभा अध्यादेश राष्ट्रपतिले रोकेको सम्बन्धमा समेत बैठक केन्द्रित हुनेछ । राष्ट्रपतिले संविधानअनुसार अध्यादेश जारी गर्नु पर्ने धारणा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवाद्वारा शुक्रबार बोलाइएको बैठकमा राखिसकेका छन् । राजपा अध्यक्ष मण्डलका नेता एवं सांसद अनिलकुमार झाले पनि सोमबार दिउँसो १ बजे बस्ने अध्यक्ष मण्डलको बैठकमा विद्यमान राजनीतिक परिस्थिति सम्बन्धमा छलफल गरिने बताए । उनले पूर्वनिर्धारित कार्यक्रमले गर्दा आफू बुधबार मात्र राजधानी आइपुग्ने बताए ।

राजपा उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टीकापुर १ बाट विजयी राजपा सांसद रेशमलाल चौधरीलाई निर्वाचन आयोगले तत्काल सांसदको प्रमाणपत्र प्रदान नगरेकोमा बैठकले गम्भीर र महत्पूर्ण निर्णय गर्ने बताए । मंसिर २१ को प्रतिनिधिसभा चुनावमा चौधरी प्रतिस्पर्धी उम्मेदवारलाई करिब २१ हजार मतान्तरले हराउँदै विजयी भएका थिए । ‘चौधरीलाई आयोगले अन्याय गर्दैछ, विभेदकारी व्यवहार गर्दैछ’, उनले भने, ‘हामी आयोगलाई सचेत गराउन चाहन्छौं, तत्काल उनलाई विजयको प्रमाणपत्र वारिसमार्फत प्रदान गरियोस् ।’ आयोगले विजेता सांसदलाई विजयको प्रमाणपत्र नदिनाले आयोगको निष्पक्षतामाथि प्रश्न उठेको दाबी उनले गरे । विसं २०७२ भदौ ७ मा कैलालीमा भएको घटनाको कारण चौधरीले वारिसमार्फत प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Jiten Bhandari

    Janu parako choena

    Comment Author

    Ramesh Raj Maghi

    Yo ta indai ko party sanga janachha

    Comment Author

    अभिनाश नेगि

    धोती के को लागि जानू नि एमाले सग कुकुर हरु

    Comment Author

    Salon Rai

    Sabai janta lai taxa vani rakhu pardaina ki to Indian supporter ho ra K.P Oli Sacha Nepali Sooo??

    Comment Author

    Dipendra Keshari Basnet

    Teso va bihar tira ja…

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?