अहिलेसम्म कति नेपालीले अमेरिकी नागरिकता पाए ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
२० पटक हेरिएको
Shares
अहिलेसम्म कति नेपालीले अमेरिकी नागरिकता पाए ?

सारांश

  • अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ४० हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।
  • अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो ।
  • त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ४० हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले, सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए । सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए ।

त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए । त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ८ रहेको थियो । त्यसयता पनि ७ हजार भन्दा धेरै नेपालीहरुले अमेरिकाको नागरिकता लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली
मेरो गाउँ
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री
प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री
माधव नेपाललाई फेरि अर्को झट्का
माधव नेपाललाई फेरि अर्को झट्का
गुडिरहेको मिनीट्रकबाट खसेर एकको मृत्यु
गुडिरहेको मिनीट्रकबाट खसेर एकको मृत्यु
संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले
संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले
“mostbet Kz Онлайн Казино Ресми Сайты Слоттар + 250 Fs Мостбет Кз Официальный Сай
The right way to Secure Organization Software
भूमि विधेयकविरुद्ध जसपा नेपालको जनजागरण कार्यक्रम भोलिदेखि रौतहटमा सुरु।
भूमि विधेयकविरुद्ध जसपा नेपालको जनजागरण कार्यक्रम भोलिदेखि रौतहटमा सुरु।

तपाईंले छुटाउनुभयो कि?