अधिकृतले मनलाग्दी गरेको भन्दै गौशाला नगरपालिकामा तालाबन्दी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २५, २०७३
|
|
१४९ पटक हेरिएको
Shares
अधिकृतले मनलाग्दी गरेको भन्दै गौशाला नगरपालिकामा तालाबन्दी

सारांश

  • नगरपालिका अधिकृतले मनलाग्दी गरेको भन्दै महोत्तरीस्थित गौशाला नगरपालिकाका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।
  • अधिकृत शम्भु ठाकुरले पारदर्शी ढंगमा काम नगरेको आरोप लगाउँदै स्थानीयले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
  • नगरपालिकाका निमित्त कार्यकारी प्रमुख कल्पना साहसमक्ष तीन बुँदे माग राख्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

नगरपालिका अधिकृतले मनलाग्दी गरेको भन्दै महोत्तरीस्थित गौशाला नगरपालिकाका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।

अधिकृत शम्भु ठाकुरले पारदर्शी ढंगमा काम नगरेको आरोप लगाउँदै स्थानीयले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाका निमित्त कार्यकारी प्रमुख कल्पना साहसमक्ष तीन बुँदे माग राख्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।


माघ २० गते प्रकाशित नाला तथा पिसिसि ढलानसम्बन्धी आशय पत्रप्रति स्थानीले आपत्ति जनाउँदै आएका छन् ।

नगरपालिकामा हाजिर भएदेखि नै नियमित रुपमा उपस्थित नभएका कार्यकारी अधिकृत ठाकुर नियमित रुपमा कार्यालयमा उपस्थित हुनु पर्ने र प्रत्येक वडामा कार्यालय स्थापना गरी वडासचिव खटाउनुपर्ने स्थानीयको माग छ ।

ठाकुर स्थानीय सरकोकारका विषयमा भन्दा पनि कमिसनको खेलमा लागेकोको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको आन्दोलनमा उत्रिएका स्थानीय युवाहरुले बताएका छन् ।

स्थानीयको आन्दोलनलाई स्थानीय राजनीतिक दलका नेता तथा प्रतिनिधिले पनि साथ दिएका छन् ।

बोलपत्रको नतिजा प्रकाशनमा आर्थिक चलखेल भएको भन्दै असन्तुष्ट बनेका विभिन्न निर्माण सेवा प्रदायक संस्थाहरुले आइतबार इलाका प्रशासन कार्यालय गौशालाका प्रमुख कामेश्वर यादव र इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलको उपस्थितिमा ठाकुरसँग लिखित जवाफ मागेका थिए ।

ठाकुर सोमबार पनि कार्यालयमा उपस्थित नभएपछि स्थानीयले कार्यालयमै तालाबन्ी गरेका थिए ।
भएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?