राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १, २०८१
|
|
२७ पटक हेरिएको
Shares
राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गरेका छन्।
  • आज दिउँसो उनले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका हुन्।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गरेका छन्। आज दिउँसो उनले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका हुन्।

उनको साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्री, सांसद, प्रदेश सभा सदस्य, काठमाडौं महानगरका उपमेयर सुनिता डंगोल गद्दी बैठकसम्म गइ जात्रा अवलोकन गरेका थिए।

साथै विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुगेका थिए। सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हिँडेर हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?