सिभिल अस्पतालका कर्मचारीहरूद्वारा रामकुमारी झाँक्रीमाथि अभद्र व्यवहार !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३० पटक हेरिएको
Shares
सिभिल अस्पतालका कर्मचारीहरूद्वारा रामकुमारी झाँक्रीमाथि अभद्र व्यवहार !

सारांश

  • काठमाडौं, ३० साउन ।
  • काठमाडौंको नयाँबानेश्वरमा रहेको सिभिल अस्पतालका कर्मचारीहरूबाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९ने।
  • क।

काठमाडौं, ३० साउन । काठमाडौंको नयाँबानेश्वरमा रहेको सिभिल अस्पतालका कर्मचारीहरूबाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९ने। क। पा।०की सांसद एवम् नेतृ रामकुमारी झाँक्रीलाई अभद्र व्यवहार भएको छ । उपचारका लागि मंगलबार अस्पताल पुगेकी सांसद झाँक्रीलाई एक्सरेको रिपोर्ट लिने ठाउँका कर्मचारीले अभद्र व्यवहार गरेका हुन् । कार्यालय समयभित्रै एक्सरेको रिपोर्ट लिन पुगेकी नेकपाकी नेतृ झाँक्रीलाई आधा घण्टा ढिलो आएकी एक कर्मचारीले अभद्र व्यवहार गरेकी थिइन् ।
कार्यालय समयभित्र आफ्नो जिम्मेवारी छाडेर बेपत्ता भएका कर्मचारीले झाँक्रीलाई रिपोर्ट नै नदिइ खालिहात फिर्ता पठाइदिएका छन् । अस्पतालका कर्मचारीले सांसद झाँक्री मात्रै नभई रिपोर्ट लिन बसेका अन्य बिरामी र आफन्तलाई पनि अभद्र व्यवहार गरेका छन् ।

‘सिभिल अस्पताल मीनभवनको एक्स–रेको रिपोर्ट दिने ठाउँमा ४ः३० बजेदेखि म उभिएकी छु रिपोर्ट लिन, कोही मान्छे थिएन यहाँ’, नेकपाकी सांसद झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मसहित अरू २–४ जना रिपोर्ट लिने मान्छे छौँ । यी बहिनी कताबाट करीव ५ः०३ भएको थियो, देखा परिन् । हिजो हो एक्स रे गरेको । रिपोर्ट लिनु थियो भन्दै बिल उनीतिर तेर्साए मैले तर, उनले ५ बज्यो भोलि आउनुस् भन्दै झर्को फर्को गरिन् । मतिर हेर्दा पनि हेरिनन् ।’

सांसद झाँक्रीले अगाडि लेखेकी छिन्, ‘करीव १५–२० मिनेट उभिए । यिनले हामीलाई कुनै मतलब नै गरिनन् । भोलि बिहान (बुधबार)आउने गरी म फर्के । तर, सोँचे हेर त यो निजामती अस्पताल सेवा दिनुपर्ने ठाउँका स्टाफको व्यवहार रु हर ठाउँमा मानौँ मान्छेहरू शासक हुन् ? कहिले कसले कहाँबाट सुधारको आस गर्ने ?सिभिल अस्पताल मात्रै होइनन् अधिकांश सरकारी अस्पतालका कर्मचारी र चिकित्सकहरूको व्यवहारबाट बिरामी र उनीहरूका आफन्त पीडित छन् । नेकपाकी सांसद झाँक्रीलाई परेको यो पीडा सिभिल अस्पतालमा दिनहुँ सयौँ बिरामीले भोग्दै आएको गुनासो हुने गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bharat Rimal

    अभद्र व्यवहार गर्नु दण्डनिय काम हो तर रामकुमारी झाँक्री पनि खासै भद्र चाहिं होइनन् है।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैँले चलाएको गोली लागेर सैनिक घाइते
आफैँले चलाएको गोली लागेर सैनिक घाइते
अस्ट्रेलियन सांसदले गरिन् बुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह
अस्ट्रेलियन सांसदले गरिन् बुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह
एकै परिवारका तीन जनाले गरे आत्महत्या
एकै परिवारका तीन जनाले गरे आत्महत्या
उडिरहेको प्लेनमै यौनसम्पर्क ! यसरी भयो तस्बिर भाइरल
उडिरहेको प्लेनमै यौनसम्पर्क ! यसरी भयो तस्बिर भाइरल
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
कामपाले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्‍यो
कामपाले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्‍यो
हामी भारत–चीन परस्त होइनौं, नेपाल परस्त हौं : प्रचण्ड
हामी भारत–चीन परस्त होइनौं, नेपाल परस्त हौं : प्रचण्ड
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
तपाइँलाई थाहा छ, महिलाले लगाउने शर्टको बटन किन सधैं बायाँतर्फ हुन्छ?
तपाइँलाई थाहा छ, महिलाले लगाउने शर्टको बटन किन सधैं बायाँतर्फ हुन्छ?
८० कटेका उम्मेदवार जताततै पराजित, ९८ वर्षीय रावल २० मत ल्याएर पराजित
८० कटेका उम्मेदवार जताततै पराजित, ९८ वर्षीय रावल २० मत ल्याएर पराजित

तपाईंले छुटाउनुभयो कि?