‘जय भोले’मा खगेन्द्रको नयाँ अवतार (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२८ पटक हेरिएको
Shares
‘जय भोले’मा खगेन्द्रको नयाँ अवतार (भिडियो सहित)

सारांश

  • काठमाडौँ, २१ भदौ ।
  • बहुप्रतिक्षित मानिएको फिल्म ‘जय भोले’को ट्रेलर सार्वजनिक भएको छ ।
  • खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलुन बस्नेत, बुद्धि तामाङ लगाएतका कलाकारको अभिनय रहेको चलचित्र ‘जय भोले’को ट्रेलर बिहिबार सार्वजनिक गरिएको हो ।

काठमाडौँ, २१ भदौ । बहुप्रतिक्षित मानिएको फिल्म ‘जय भोले’को ट्रेलर सार्वजनिक भएको छ । खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलुन बस्नेत, बुद्धि तामाङ लगाएतका कलाकारको अभिनय रहेको चलचित्र ‘जय भोले’को ट्रेलर बिहिबार सार्वजनिक गरिएको हो । खगेन्द्र लामिछानेको कथा र अशोक शर्माको निर्देशन रहेको फिल्मलाई किरन शर्मा, कृति शर्मा र अंकित शर्माले निर्माण गरेका हुन् ।

फिल्ममा मुख्य आकर्षणको विषय खगेन्द्र बनेका छन् । सँधै सामाजिक कथामा भिज्ने खगेन्द्रका लागि यो फिल्म लेखन र अभिनय दुवै हिसाबले नौलो हो । यद्यपि उनले दर्शकलाई निराश बनाउने छैनन् भन्ने कुरा फिल्मको ट्रेलरबाट नै प्रष्ट हुन्छ ।

फिल्ममा प्रेम प्रशंगले प्रवलता पाएको देखिए पनि मुलत यो कमेडी फिल्म हो । सौगात र स्वस्तिमाको प्रेम सम्बन्धमा खगेन्द्र तघारो हुन आएका छन् । सौगात र खगेन्द्रको द्वन्द्वले फिल्ममा रोमाञ्चकता थप्ने काम गरेको छ । जिवन्त अभिनय कलाका कारण चिनिएका खगेन्द्रले आफू सबैखाले चरित्रमा भिज्न सक्ने कुरा यस फिल्मबाट प्रष्ट पारेका छन् ।

यो सौगात मल्ल र खगेन्द्र लामिछानेसँगै देखिएको पहिलो फिल्म हो । उसो त स्वस्तिमा पनि पहिलो पटक यी दुई ठूला कलाकारसँग एउटै पर्दामा देखिएको यो पहिलो पटक हो । तर सौगात र खगेन्द्रलाई सँगै देख्दा दर्शकको प्रतिक्रिया हेर्नलाएक हुनेछ ।

बुद्धि र खगेन्द्र भने योसँगै तेस्रो पटक सँगै देखिँदैछन् ।’टलकजंग भर्सेज टुल्के’ र ‘डमरुको डन्डिवियो’ मा उनीहरु सँगै देखिएका थिए । बुद्धिले ‘जय भोले’मा पनि खगेन्द्रको साथिको भुमिका निर्वाह गर्दैछन् । यो सबै सहित सलुन बस्नेत पनि यो धारका कलाकारसँग पहिलो पटक पर्दा साट्नेछन् ।
वडा दशैँको उपलक्ष्यमा रिलिज गरिने भनिएको फिल्मको फिक्स मिति भने तोकिएको छैन ।

भिडियाेः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेरधन राईमाथि ‘काउन्टर अट्याक’: मुख्यमन्त्रीमा नेता आचार्यको दाबी
शेरधन राईमाथि ‘काउन्टर अट्याक’: मुख्यमन्त्रीमा नेता आचार्यको दाबी
राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यहरुसहित सयौं एमालेमा प्रवेश !
राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यहरुसहित सयौं एमालेमा प्रवेश !
कांग्रेसको हेडक्वार्टरमा आदिवासी जनजाति मन्त्रीलाई सम्मान
कांग्रेसको हेडक्वार्टरमा आदिवासी जनजाति मन्त्रीलाई सम्मान
माघ १२ गते सोमवारको राशिफल यस्तो छ
माघ १२ गते सोमवारको राशिफल यस्तो छ
लुटेरै लखपति : अपराधी सामाजिक कामको आवरणमा समाजमा स्थापित
लुटेरै लखपति : अपराधी सामाजिक कामको आवरणमा समाजमा स्थापित
कपिलवस्तुमा कांग्रेसका प्रदेशसभा उम्मेदवारको गाडीमा शक्तिशाली बम विस्फोट
कपिलवस्तुमा कांग्रेसका प्रदेशसभा उम्मेदवारको गाडीमा शक्तिशाली बम विस्फोट
तामाकाेशी सेयर: रातारात कराेडपति बन्न खाेज्दा धन्नै राेडपति !
तामाकाेशी सेयर: रातारात कराेडपति बन्न खाेज्दा धन्नै राेडपति !
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक
एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति
एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति
शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा
शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा

तपाईंले छुटाउनुभयो कि?