सभामुखमा उमेदवारी नदिने कांग्रेसको निर्णय
सारांश
- काठमाडौं।
- संसदको दाेस्राे ठूलो दल नेकपाका तर्फबाट सभामुखमा अग्नी सापकोटालाई उमेदवार बनाउने निर्णय भएको छ।
- यसैबीच नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
काठमाडौं। संसदको दाेस्राे ठूलो दल नेकपाका तर्फबाट सभामुखमा अग्नी सापकोटालाई उमेदवार बनाउने निर्णय भएको छ।
यसैबीच नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आज विहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
संसदमा प्रष्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका एक नेताले जानकारी दिएका छन्।
कांग्रेसले यसअघि उपसभामुखमा आफ्ना दललाई समर्थन गरे सभामुखमा नेकपालाई समर्थन गर्ने जनाएको थियो ।संविधानमा एउटै दल र लिंगको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था रहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया