राष्ट्रपति भण्डारी थाइल्याण्ड र श्रीलंका भ्रमणमा जाँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०७४
|
|
४६२ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी थाइल्याण्ड र श्रीलंका भ्रमणमा जाँदै

सारांश

  • २९ बैशाख, काठमाडौं ।
  • राष्ट्रपति विद्या भण्डारी आज थाइल्याण्ड र श्रीलंका भ्रमणमा जाँदैछिन् ।
  • पाँच दिने विदेश भ्रमणका लागि राष्ट्रपति भण्डारी आज थाइल्याण्डको बैंकक प्रस्थान गर्दैछिन् ।

२९ बैशाख, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी आज थाइल्याण्ड र श्रीलंका भ्रमणमा जाँदैछिन् । पाँच दिने विदेश भ्रमणका लागि राष्ट्रपति भण्डारी आज थाइल्याण्डको बैंकक प्रस्थान गर्दैछिन् ।

बैंककमा रहँदा राष्ट्रपति भण्डारीले स्व. थाई राजा भूमिबल अब्दुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धान्जली व्यक्त गर्नेछिन् । थाई राजा भूमिबलको गत वर्ष असोज २७ गते निधन भएको थियो । उनको पार्थिव शरीर ग्य्रान्ड प्यालसमा राखिएको छ ।

बैंककपछि राष्ट्रपति श्रीलंका जानेछिन् । राष्ट्रपति भण्डारी बुद्धजयन्तीको अवसरमा क्याण्डीमा आयोजित सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले श्रीलंकाली समकक्षी मैत्रिपाला शिरिसेनासँग भेटवार्ता गर्नेछिन् ।

 

(https://follycoffee.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?