छ वर्षीय बालकले कमाए ७१ करोड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
२६ पटक हेरिएको
Shares
छ वर्षीय बालकले कमाए ७१ करोड

सारांश

  • प्रविधिको कारण विश्वभर आर्थिक क्रान्ति भइरहेको छ ।
  • यसको प्रयोगले मानिसहरुले करोडौ कमाईरहेका छन् ।
  • यस्तो कमाईमा साना बच्चा पनि जानी नजानी लागिपरेका छन् ।

प्रविधिको कारण विश्वभर आर्थिक क्रान्ति भइरहेको छ । यसको प्रयोगले मानिसहरुले करोडौ कमाईरहेका छन् । यस्तो कमाईमा साना बच्चा पनि जानी नजानी लागिपरेका छन् । एउटा सानो बच्चाले युट्युबको कारण करोडौ कमाएका छन् । ६ वर्षको बालकको नाम रयान हो । उनको युटुब भिडियोको कारण एक वर्षमा ७१ करोड कमाएका छन् ।

फोब्र्सका अनुसार रयान युटयुवबाट सर्वा्धिक कमाई गर्ने सेलिब्रिटी को लिस्टमा परेका छन् । ‘रायन टाँयज रिव्यु’ नाम युटयुवमा खुब लोकप्रीय छ । युट्युव भिडियो रयान र उसको परिवारले चलाउँछ । यसमा रयानले खेलौनाको समिक्षा गरेका छन् । फोब्सले हाल धेरैे कमाउने १० सेलिब्रेटीको लिस्ट निकालेकोमा रियान ७१ करोड कमाइको साथ ९ नम्बरमा रहेका छन् ।

यो भिडियो ८० करोडले हेरी सकेका छन् । रयान खेलौनाको बाहेक ६ वर्षको लागी खानाको आइटमको वारेमा पनि जानकारी दिन्छन् । ‘रायन टाँयज रिव्यू’ युट्युव च्यानलमा १० मिलियन सब्सक्राइबर रहेका छन् । यी साना बालकले महिनामा एक मिलियन डलर कमाउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?