महाकाली राजमार्ग पुनः अबरुद्ध

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
२८ पटक हेरिएको
Shares
महाकाली राजमार्ग पुनः अबरुद्ध

सारांश

  • ४ भदौ, दार्चुला ।
  • विभिन्न ठाउँमा खसेको पहिरोका कारण अबरुद्ध महाकाली राजमार्ग सञ्चालन भएको साता नबित्दै महाकाली राजमार्ग पुनः अबरुद्ध भएको छ ।
  • गोकुलेश्वर-खलंगा सडकखण्ड अन्तरगत पर्ने चौतलीचोरमा गएराति पहिरो खस्दा महाकाली राजमार्ग अबरुद्ध भएको मालिकार्जुन चौकीका प्रहरी नायब निरीक्षक कुबेरसिंह धामीले जानकारी दिए ।

४ भदौ, दार्चुला । विभिन्न ठाउँमा खसेको पहिरोका कारण अबरुद्ध महाकाली राजमार्ग सञ्चालन भएको साता नबित्दै महाकाली राजमार्ग पुनः अबरुद्ध भएको छ ।

गोकुलेश्वर-खलंगा सडकखण्ड अन्तरगत पर्ने चौतलीचोरमा गएराति पहिरो खस्दा महाकाली राजमार्ग अबरुद्ध भएको मालिकार्जुन चौकीका प्रहरी नायब निरीक्षक कुबेरसिंह धामीले जानकारी दिए ।

यसअघि भीषण वषर्ाका कारण साउन २७ गते माकालिर्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र चौतलीचोरमा ठूलो पहिरो खस्दा ५ दिनसम्म राजमार्ग अबरुद्ध भएको थियो ।

सडकको तलतिर बस्ती भएकाले पहिरो पन्छाउन समस्या भएको प्रहरी नायब निरीक्षक धामीले बताए ।

राजमार्ग अबरुद्ध भएपछि काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीका छुटेका सवारी साधन चौतलीचोरमै रोकिँदा यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?