किमले पठाएको ‘उत्कृष्ट’ चिट्ठी ट्रम्पले गरे सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
किमले पठाएको ‘उत्कृष्ट’ चिट्ठी ट्रम्पले गरे सार्वजनिक

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोंग उनले लेखेको चिट्ठी ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।
  • किमले अमेरिकासँगको सम्बन्धबाट नयाँ भविष्यको अपेक्षा व्यक्त गरेको चिट्ठी ट्रम्पले सार्वजनिक गरेका हुन् ।
  • ट्रम्पले यो चिट्ठीलाई निकै उत्कृष्ट भनेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोंग उनले लेखेको चिट्ठी ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

किमले अमेरिकासँगको सम्बन्धबाट नयाँ भविष्यको अपेक्षा व्यक्त गरेको चिट्ठी ट्रम्पले सार्वजनिक गरेका हुन् । ट्रम्पले यो चिट्ठीलाई निकै उत्कृष्ट भनेका छन् ।

तर यो चिट्ठीमा उत्तर कोरियाले परमाणु हतियार निशस्त्रिकरणका लागि गरिरहेको वा गर्ने कामका बारेमा केही उल्लेख गरिएको छैन । गएको महिना अर्थात जुन १२ मा सिंगापुरमा भएको ऐतिहासिक ट्रम्प किम वार्ताको मुख्य मुद्दा नै उत्तर कोरियाको परमाणु कार्यक्रम र त्यसको निशस्त्रिकरण रहेको थियो ।

उत्तर कोरियामाथि अमेरिकाले संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाइरहेका बेला ट्रम्पले चिट्ठी सार्वजनिक गरेका हुन् ।

प्रतिबन्धका बाबजुद उत्तर कोरियाले विभिन्न देशबाट तेल ल्याउने गरेको आरोप अमेरिकाको छ । गएको डिसेम्बरमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि वर्षको पाँख ब्यारेल तेल मात्रै निर्यात गर्न पाउने गरी प्रतिबन्ध लगाएको थियो ।

View image on TwitterView image on Twitter
Donald J. Trump@realDonaldTrump

चिट्ठीमा किमले सम्बन्ध सुधारका लागि ट्रम्पले गरेको प्रयासको प्रशंसा गरेका छन् । यस्तै उनले अमेरिका र उत्तर कोरियाबिचको विश्वासको वातावरण थप बलियो बनाउनु पर्नेमा जोड दिएका छन् ।

दुई देशबिचको सम्बन्ध हुँदै गएको महत्वपूर्ण सुधारले आफूहरुबिचको आउँदो बैठक थप प्रभावकारी हुने अपेक्षा किमले व्यक्त गरेका छन् ।

चिट्ठी सार्वजनिक गर्दै ट्रम्पले ठूलो प्रगति भएको उल्लेख गरेका छन् तर त्यसबारे विस्तृतमा केही खुलाइएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?