राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?

सारांश

  • काठमाडौँ,  १७ साउन।
  •   राष्ट्रियसभाको विषयगत समिति गठन भएको छ ।
  • बिहीबार बसेको राष्ट्रियसभाको बैठकले चारवटा विषयगत समिति गठन गरेको हो ।

काठमाडौँ,  १७ साउन।  राष्ट्रियसभाको विषयगत समिति गठन भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले चारवटा विषयगत समिति गठन गरेको हो । गएको फागुन २१ गते सुरु भएको संसदको समिति ५ महिनापछि गठन भएकाे हाे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समितिमा रहने सदस्यको नाम बुझाउन अस्वीकार गर्दै आएका कारण विषयगत समिति गठनमा ढिलाइ भएको हो । तर केही दिनअघि कांग्रेसले समितिमा रहने आफ्ना सदस्याको नाम बुझाएको थियाे ।

राष्ट्रियसभा नियमावली २०७५ मा चार समिति रहने व्यवस्था छ । राष्ट्रियसभामा दीगो विकास तथा सुशासन, विधान व्यवस्थापन, प्रत्योयोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् । सबै समिति गठन भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?