प्रदेश एकमा शेरधनलाई मुख्यमन्त्री बन्न अवरोध, उनी भन्छन्,-‘पछि हट्दिन’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
३० पटक हेरिएको
Shares
प्रदेश एकमा शेरधनलाई मुख्यमन्त्री बन्न अवरोध, उनी भन्छन्,-‘पछि हट्दिन’

सारांश

  • ९ माघ, काठमाण्डौ ।
  • प्रदेश नम्बर एकको मुख्यमन्त्रीका प्रमुख दाबेदार मानिएका एमाले नेता शेरधन राईले आफैँले पनि आफ्नो दाबी प्रस्तुत गरेको बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राईले पार्टीभित्र दाबी प्रस्तुत गरेको बताए ।

९ माघ, काठमाण्डौ । प्रदेश नम्बर एकको मुख्यमन्त्रीका प्रमुख दाबेदार मानिएका एमाले नेता शेरधन राईले आफैँले पनि आफ्नो दाबी प्रस्तुत गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राईले पार्टीभित्र दाबी प्रस्तुत गरेको बताए ।

संसदीय दलको नेता चुनिएर मुख्यमन्त्री बन्ने प्रक्रियाअनुसार नै आफू अगाडि बढ्ने राईले बताए । “म प्रदेश नम्बर एकको मुख्यमन्त्रीको प्रमुख दाबेदारको रुपमा दौडमा भाग लिइरहेको छु ।”

अब केही दिनमा नै संसदीय दलको नेता चुनिने राईले बताए । प्रदेश एकमा आफू सर्वसम्मत संसदीय दलको नेता बन्न सक्ने स्थिती नभएकाले मतदानबाट नै चुनिने उनको भनाई छ ।

उक्त प्रदेशमा एमालेकै भिम आचार्यले पनि मुख्यमन्त्रीको दाबी गर्दै आएकाले राई सर्वसम्मत हुन नसकेका हुन् ।
“आचार्य मात्रै होइन । अरु पनि दाबेदार हुन सक्नुहुन्छ । हामी केही प्रारम्भिक छलफल गछौँ । छलफलले सर्वसम्मत भयो भने भइहाल्यो, नत्र चुनाव गरेरै दलको नेता चुन्छौँ ।” राईले भने ।

आफू कुनै पनि हालतमा मुख्यमन्त्रीको दौडबाट पछि नहट्ने अडान राईले लिएका छन् । आफू सम्पूर्ण रुपले मुख्यमन्त्रीका लागि योग्य भएकाले पछि हट्नुपर्ने स्थिती नरहेको उनले स्पष्ट पारे ।reporters nepal bata

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?