राष्ट्रियसभामा गृहमन्त्रीले भने, निर्मला प्रकरणको सत्यतथ्य छिट्टै आउँछ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
राष्ट्रियसभामा गृहमन्त्रीले भने, निर्मला प्रकरणको सत्यतथ्य छिट्टै आउँछ

सारांश

  • काठमाडौं, २९ भदा ।
  • गृहमन्त्री रामबहादुर थापा बादलले करिब दुई महिना पहिले कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको बारेमा छिट्टै सत्यतथ्य बाहिर आउने बताएका छन् ।
  • गृहमन्त्री थापाले अनुसन्धान भइरहेको जानकारी दिँदै तत्काल सत्यतथ्य बाहिर आउने बताएका हुन् ।

काठमाडौं, २९ भदा । गृहमन्त्री रामबहादुर थापा बादलले करिब दुई महिना पहिले कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको बारेमा छिट्टै सत्यतथ्य बाहिर आउने बताएका छन् । गृहमन्त्री थापाले अनुसन्धान भइरहेको जानकारी दिँदै तत्काल सत्यतथ्य बाहिर आउने बताएका हुन् ।

राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले भने, ‘दीलिप बिष्ट नै दोषी हुन् भनेर मैले भनेको छैन । अहिले संदिग्ध व्यक्तिको छानविन गर्ने क्रम जारी छ । बिष्ट दोषी देखिएनन्, अरुमाथि छानबिन जारी छ ।’

त्यस्तै गृहमन्त्री थापाले पत्रकार राजु बस्नेत कानुनअनुसार नै पक्राउ परेको दावी गरेका छन् । उनले भने,‘कानूनबमोजिम नै उक्त कदम चालेको हुँदा यसले प्रेस स्वतन्त्रता हनन भएको मान्न सकिन्न ।’ गृहमन्त्री थापाले बर्दियामा प्रहरीको हिरासतमा रहेका राममनोहर यादवको पनि स्वभाविक मृत्यु भएको दावी गरेका छन् ।

(https://www.enov8.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?