बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण

सारांश

  • इन्जिनमा समस्या आएपछि साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडेलको हवाई जहाज स्थानीय समयअनुसार मङ्गलबार आकस्मिक अवतरण गर्नु परेको छ ।
  • यही मोडेलका विमान इथियोपिया र इन्डोनेसियामा छ महिनाका अन्तरालमा दुर्घटनाग्रस्त भइसकेका छन् ।
  • एकपछि अर्को दुर्घटना भएसँगै विश्वका धेरै मुलुकमा बोइङ ७३७ म्याक्स विमानहरु उडाउन निषेध गरिएका छन् ।

इन्जिनमा समस्या आएपछि साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडेलको हवाई जहाज स्थानीय समयअनुसार मङ्गलबार आकस्मिक अवतरण गर्नु परेको छ ।

यही मोडेलका विमान इथियोपिया र इन्डोनेसियामा छ महिनाका अन्तरालमा दुर्घटनाग्रस्त भइसकेका छन् । एकपछि अर्को दुर्घटना भएसँगै विश्वका धेरै मुलुकमा बोइङ ७३७ म्याक्स विमानहरु उडाउन निषेध गरिएका छन् ।

अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासन (एफएए) का अनुसार यात्रुरहीत उक्त विमान क्यालिफोर्नियाको उडानमा रहेको र इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ ।

उक्त विमान स्थानीय समयअनुसार मङ्गलबार अपराह्न २.४७ बजे ओल्र्यान्डो विमानस्थलबाट उडेको र इन्जिनमा समस्या आएपछि अपराह्न २.५८ बजे फर्किएर ओल्र्यान्डो विमानस्थलमै अवतरण गरेको थियो । एफएएले उक्त घटनाको जाँच शुरु गरिसकेको जनाएको छ ।

यसैबीच, साउथवेस्ट एयरलाइन्सका प्रवक्ता ड्यान ल्यान्डसनले पाइलटहरुले निकै सुझबुझका साथ विमानलाई सुरक्षित रुपमा अवतरण गराएको बताउनुभयो ।

बोइङ ७३७ म्याक्स मोडेलका विमानको सुरक्षाका विषयमा शङ्का उत्पन्न भइरहेकै समयमा इन्जिनमा समस्या आएर आकस्मिक अवतरण गरेपछि पुनः सर्वत्र चिन्ता व्यक्त भएको छ । बोइङले आफ्ना विमानहरु उडानका लागि सुरक्षित रहेको भन्दै प्रतिरक्षा गरिरहेकै समयमा यो घटना भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?