रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी

सारांश

  • रुकुम पूर्व : रुकुम पूर्वको मतगनणा सम्पन्न भएको छ ।
  • प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रत्यक्षतर्फका तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
  • बिहीबार साँझ ५ बजेबाट सुरु भएको मतगनणा शुक्रबार विहान सम्पन्न भएको हो ।

रुकुम पूर्व : रुकुम पूर्वको मतगनणा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रत्यक्षतर्फका तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

बिहीबार साँझ ५ बजेबाट सुरु भएको मतगनणा शुक्रबार विहान सम्पन्न भएको हो । संयुक्त वाम गठबन्धनका तर्फबाट एमाले र माओवादीको संयुक्त उम्मेदवारका रुपमा नेकपा माओवादीका नेताहरुलाई रुकुम पूर्वमा संयुक्त उम्मेदवार बनाइएको थियो ।

प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी महिला नेतृ तथा पूर्व मन्त्री कमला रोका र प्रदेश सभा ‘क’ मा माओवादी केन्द्रकै तेजबहादुर खाम यस अघि नै विजयी भैसकेका छन् भने भर्खरै सम्पन्न मतगनणा अनुसार पूर्व रुकुख प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रकै पुर्ण बहादुर घर्ती विजयी भएका छन् ।

विजयी घर्ती वि.सं. २०५२ सालदेखि २०६३ सम्म नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धताका २०५७ साल मंसिर २९ गते समानान्तर सरकार (छायाँ सरकार)का रुपमा रुकुमको बाँफिकोटमा तत्कालीन माओवादीले घोषणा गरेको जनसरकारको पहिलो प्रमुख समेत बनेका थिए ।

कुल मतदाता १४ हजार २५ जना रहेको रुकुम पूर्वको ‘ख’ मा ५ हजार ८ सय १६ मत ल्याएर पुर्णबहादुर घर्ती विजयी भएका छन् भने उनका मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १ सय ११ मत ल्याएका छन् । संयुक्त वाम गठबन्धन र नेपाली कांग्रेसले मात्रै उम्मेदवारी दर्ता गराएको यस निर्वाचन क्षेत्रमा यी दुई दल बीच नै प्रतिस्पर्धा भएको थियो । यस क्षेत्रमा ९ हजार १ सय २७ मत खसेको थियो भने यसमध्ये ८ हजार ९ सय २७ सत सदर हुदाँ ३ सय म बदर भएको छ ।

यससंगै रुकुम पूर्वमा प्रतिनिधीसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगनणा सकिएको छ । समानुपातिक तर्फको मतगनणा भोली बिहानबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक ः काँग्रेस
निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक ः काँग्रेस
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
सभामुखले गरे झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास
सभामुखले गरे झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास
स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ
स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ
नेशनल एफ एममा तिज गीत प्रतियोगिता तयारी अन्तिम चरणमा
मंसिर १३ गते शनिवारको राशिफल यस्तो छ
मंसिर १३ गते शनिवारको राशिफल यस्तो छ
माटोका भाँडा बनाउने पेशा लोप हुँदै
माटोका भाँडा बनाउने पेशा लोप हुँदै
१५ वर्ष अघि ज्ञानेन्द्रले कु गर्दाको सम्बोधन पढ्नुस, कस्तो थियो ?
१५ वर्ष अघि ज्ञानेन्द्रले कु गर्दाको सम्बोधन पढ्नुस, कस्तो थियो ?
राष्ट्रपतिले संस्था सुहाउँदो चरित्र बनाउनुपर्छ : खड्का (भिडियो सहित)
राष्ट्रपतिले संस्था सुहाउँदो चरित्र बनाउनुपर्छ : खड्का (भिडियो सहित)

तपाईंले छुटाउनुभयो कि?