रुपन्देहीको कञ्चन गाउँपालिकामा गण्डकी विकास बैंकको शाखा
सारांश
- रुपन्देही ।
- गण्डकी विकास बैंक लिमिटेडले रुपन्देही जिल्लास्थित कञ्चन गाउँपालिकामा आफ्नो ५३ औ शाखा कार्यालय खोली आजदेखि वित्तीय कारोवार शुभारम्भ गरेको छ ।
- नेपाल राष्ट्र बैंकको नीति अनुरुप वित्तीय पहुँच नपुगेका गाउँपालिका क्षेत्रहरुमा शाखा कार्यालय खोली सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गर्न निर्देशन भएअनुसार उक्त बैंकले उक्त स्थानमा शाखा कार्यालय खोली वित्तीय कारोवार शुभारम्भ गरेको हो ।
रुपन्देही । गण्डकी विकास बैंक लिमिटेडले रुपन्देही जिल्लास्थित कञ्चन गाउँपालिकामा आफ्नो ५३ औ शाखा कार्यालय खोली आजदेखि वित्तीय कारोवार शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकको नीति अनुरुप वित्तीय पहुँच नपुगेका गाउँपालिका क्षेत्रहरुमा शाखा कार्यालय खोली सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गर्न निर्देशन भएअनुसार उक्त बैंकले उक्त स्थानमा शाखा कार्यालय खोली वित्तीय कारोवार शुभारम्भ गरेको हो ।
यस शाखा कार्यालय स्थापना भएसँगै कञ्चन गाउँपालिका क्षेत्रका स्थानीयले बैंकबाट उपलब्ध हुने सबै सेवाहरु जस्तै निक्षेप संकलन, कर्जा प्रवाहका साथमा अन्य प्रविधिमा आधारित सेवाहरु मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ सेवा निर्वाध रुपमा उपभोग गर्न पाउने छन् ।
गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७४÷७५ को प्रथम त्रैमासमा निक्षेप रु. १९ अर्ब ३४ करोड पु¥याएको छ भने कर्जातर्फ रु.१६ अर्ब ५५ करोड पु¥याएको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा गरी ५३ वटा शाखा कार्यालयमार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा ब्द्यद्यक्, ब्त्ः, क्ःक्, ब्क्द्यब्, क्ष्एक्, भ्ऋऋ सेवा, आधुनिक बैकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालीन सेवा समेत प्रदान गर्दै आइरहेको छ । न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइसकेको हुँदा बैंकको निकट भविश्यमा धनगढी, नेपालगञ्ज, घोराही, तानसेन, पोखराको रत्नचोक, चितवनको पर्सा, हेटौडा तथा नयाँ बानेश्वर काठमाडौंमा समेत नयाँ शाखा कार्यालय खोल्ने तयारी रहेको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।
प्रतिक्रिया