लामिछानेको शोकमा आज वडा कार्यालय बन्द
सारांश
- भक्तपुर, १ जेठ- प्रदेश नं ३ का प्रदेशसभा सदस्य तथा नेकपा एमाले भक्तपुरका सचिव समेत रहेका हरिशरण लामिछानेको निधन भएको छ ।
- आइतबार राति एक्कासी मस्तिष्काघातका कारण केएमसी अस्पताल ल्याइएका प्रदेश सांसद लामिछानेको अस्पतालमै हिजो सोमबार निधन भएको हो ।
- एमालेको तर्फबाट प्रदेश सांसद चाँगुनारायण-६ नगरकोटका लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरका नगरपालिकाका कार्यालय आज मंगलबार एक दिन बन्द हुने भएको छ ।
भक्तपुर, १ जेठ- प्रदेश नं ३ का प्रदेशसभा सदस्य तथा नेकपा एमाले भक्तपुरका सचिव समेत रहेका हरिशरण लामिछानेको निधन भएको छ । आइतबार राति एक्कासी मस्तिष्काघातका कारण केएमसी अस्पताल ल्याइएका प्रदेश सांसद लामिछानेको अस्पतालमै हिजो सोमबार निधन भएको हो ।
एमालेको तर्फबाट प्रदेश सांसद चाँगुनारायण-६ नगरकोटका लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरका नगरपालिकाका कार्यालय आज मंगलबार एक दिन बन्द हुने भएको छ ।
जिल्ला समन्वय समिति भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुखसहितको बैठकले जिसस र नगरपालिकाको आधा झण्डा झुकाउने वडा कार्यालय एक दिन बन्द गरिने चाँगुनारायणका नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् ।
एमाले भक्तपुरले प्रदेश नं ३ का प्रदेश सदस्य लामिछानेको निधनमा शोक मनाउँदै तीनदिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ । उनी नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । शनिबार बेलुका राराताल गएर फर्केका लामिछानेलाई आइतबार ब्रेन ह्यामरेज भएको थियो ।
प्रतिक्रिया