रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , जिल्लाभरमा ४० प्रतिशत मत खस्यो ।
सारांश
- आचार्य प्रदीप ,बुटवल, १४ असार ।
- स्थानीय तहको निर्वाचन अन्तरगत प्रदेश नं.
- १, ५ र ७ मा आज चुनाव भईरहेको छ ।
आचार्य प्रदीप ,बुटवल, १४ असार । स्थानीय तहको निर्वाचन अन्तरगत प्रदेश नं. १, ५ र ७ मा आज चुनाव भईरहेको छ । त्यसमध्ये रुपन्देही जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सुचारु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख होमनाथ गौतमले जानकारी दिएका छन् । बिहान सातबजेदेखि सुरु हुने भनिएपनि केही स्थानमा वर्षातका कारणले आधा घण्टासम्म ढिलागरी मतदान सुरु भएको केन्द्र प्रमुखहरुले जानकारी गराएका छन् । अहिलेको अवस्थामा ४० प्रतिशत भन्दा बढि मत खसिसकेको े जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख होमनाथ गौतमले जानकारी दिए बिहान ठूलो पानी परेकाले केही स्थानमा केही ढिला मतदान सुरु भएपनि साँझ ५ बजेसम्म लाईनमा बस्नेले मतदान गर्न पाउने उनले जानकारी दिए । वर्षातका समयमा भएको निर्वाचनमा पानी परेकाले मतदाताहरु छाता लिएर मतदान गर्न आएका छन् । बिहान सातबजेदेखि मतदान सुरु हुने भएपनि मतदाता भने सबेरैदेखि मतदान केन्द्रमा आएर लामवद्ध भएर बसेका थिए । दिउँसो गर्मि हुने भएकाले पनि मतदाता बिहानै सितलमा नै मतदान गर्नकालागि सबेरै आएर लामवद्ध बसेका हुन् । मतदानकालागि बृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई छुट्टै व्यबस्था भएपनि मतदान केन्द्रसम्म जान आउन उनीहरुलाई समस्या भएको देखिन्छ । यद्यपी उनीहरु समेत मतदानमा उत्साहकासाथ सहभागि भएका छन् । एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको रुपन्देही जिल्लामा १ सय ५५ वटा वडा छन् । जसमध्ये ४५२ केन्द्रमा अहिले निर्वाचन भईरहेको छ । कोटईमाई गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार मुरारी मल्लाहको निधनका कारण उक्त वडामा भने १६ गते निर्वाचन हुनेछ । रुपन्देही जिल्लामा ४ लाख ६२ हजार ५ सय ८६ जना मतदाता छन् । ७० प्रतिशत भन्दा बढि मत खस्छ दोस्रो चरणको निर्वाचनमा रुपन्देहीमा ७० प्रतिशत भन्दा बढि मतत खस्ने निर्वाचन कार्यलयको आँकडा रहेको छ । मतदाता परिचय पत्र ७८ प्रतिशतले लिएको जानकारी गराउँदै प्रमुख गौतमले न्युनतम पनि ७० प्रतिशत भन्दा बढि मतदान हुने उनले जानकारी दिए
प्रतिक्रिया